एक सय तीस प्रतिशतले जगेडा कोष बढाएको एनएलजीको नाफामा देखिएन अपेक्षित सुधार

May 15, 2019 Merolagani



एनएलजी इन्स्योरेन्स (NLG) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा जगेडा कोषको आकार १३१ प्रतिशतले बढाएर आकर्षक बनाएको छ। कम्पनीको खुद नाफा दुई प्रतिशत भन्दा थोरै बढेको छ भने खुद बीमा शुल्क आर्जन, बीमालेख संख्या गत चैत मसान्तको तुलनामा घटेको छ।

चालु आवको चैत मसान्तमा कम्पनीको जगेडा कोष १९ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको जगेडा गत आवको यसै अवधिको तुलनामा ११ करोड २९ लाख अर्थात १३१ प्रतिशतले धेरै बढी हो। 

९ महिना अवधिमा कम्पनीको खुद नाफा १.५९ प्रतिशतले बढेर १५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यसै अवधिमा इन्स्योरेन्सको खुद नाफा १५ करोड १० लाख रुपैयाँ थियो।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९४ पैसा रहेको यो कम्पनीको प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ एक पैसा छ ।

यस अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ३.६० प्रतिशतले घटेर ५५ करोड ६० लाख ५५ हजार रुपैयाँ छ । गत आवको चैत मसान्तमा ५५ करोड ६० लाख ६२ हजार रुपैयाँ खुद बीमा शुल्क कमाएको थियो।
एनएलजीले ३२ करोड ९७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । तेस्रो त्रैमास सम्ममा एनएलजीले १८ करोड ८० लाख पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ ।

चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको एनएलजीको बीमा कोषको आकार ७८ करोड ४१ लाख र महाविपत्ति जगेडा कोष ५ करोड ४६ लाखको छ । पूँजी स्थिर रहेको कम्पनीले बीमा कोष १९ र महाविपत्ति जगेडा कोष २९ प्रतिशत धेरै सुधार गरेको हो ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न कम्पनीले ६० प्रतिशत हकप्रद प्रस्तावसहित जेठ १४ गते विशेष साधारण सभा बोलाएको छ ।सभाका लागि कम्पनीले जेठ ६ गते बुकक्लोज गर्दैछ । हकप्रदपछि चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

यस अवधिमा कम्पनीको बीमालेख संख्या घटेको छ । गत आवको चैत मसान्तमा एक लाख २५ हजार १०२ बीमालेख रहेकोमा एक लाख २४ हजार ८५६ वटामा झरेको छ ।

हाल सम्म कम्पनीले एक अर्ब २१ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। कम्पनीले ४ हजार १६४ दाबी संख्या वापत ७२ करोड ६९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने २ हजार ७८३ दाबी वापत ८७ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले एक अर्ब ९ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो। सो अवधिमा कम्पनीले ३ हजार ४१५ दाबी संख्या वापत ५० करोड ५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो भने १ हजार ८५७ दाबी वापत परेको ८१ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।