आर्थिक समृद्धि लघुवित्त २१ लाख नोक्सानीमा

May 19, 2019 Merolagani



आर्थिक समृद्धि लघुवित्त (@ASLSSSL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा २१ लाख ७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । साधना लघुवित्त सँग मर्जरमा सम्झौता गरेको यस लघुवित्तले गत वर्षको यसै अवधिको तुलनामा लघुवित्तले १२ लाख ७४ हजार रुपैयाँले नोक्सानी घटाएको हो।

गत आर्थिक वर्षको चैत्र मसान्तमा लघुवित्त ३३ लाख ८१ हजार रुपैयाँले नोक्सानीमा थियो । 

चुक्ता पूँजी तीन करोड ६ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोष ५८ लाख रुपैयाँले ऋणात्मक छ ।

तनहुँमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले चालु आवको चैत्र मसान्तसम्ममा ५ करोड १४ लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १५ करोड २० लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर २१ करोड ७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तले ६३ लाख ५५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३१ लाख ९६ हजार रुपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ३१ लाख ५९ हजार रुपैयाँखुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्कृय कर्जा अअनुपात ०.७५ प्रतिशत छ । लघुवित्तले पुस ८ गते साधना लघुवित्त सँग मर्जरमा जाने सम्झौता गरेको छ ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।