हुवावेलाई कालोसूचीमा राखेसँगै अमेरिकी कम्पनीलाई ११ अर्ब डलर घाटा

May 19, 2019 Merolagani



चिनीयाँ दुरसञ्चार कम्पनी हुवावेलाई अमेरिकाद्धारा कालोसूचीमा राखिएमा अमेरिकी कम्पनीलाई ११ अर्ब डलर घाटा हुनसक्ने बताइएको छ ।  हुवावे विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने कम्पनीको रुपमा रहेको छ ।

उसले कयौँ प्रविधि र उपकरण अमेरिकी कम्पनीबाट किन्दै आइरहेको थियो ।

अमेरिकी सञ्चार माध्यमका अनुसार, हुवावेले गत वर्ष १३ हजार वितरकहरुबाट ७० अर्ब डलर बरारबको उत्पादन खरिद गरेको थियो । तीमध्ये ११ अर्ब डलर बराबरको सामान अमेरिकी कम्पनीबाट किनिएको थियो ।

अमेरिकाले तीन दिन पहिले मात्र हुवावेलाई एनटिटी सूचीमा राखिदिएको छ । जसअनुसार, हुवावेले अमेरिकी सरकारको लाइसेन्स बिना त्यहाँको कम्पनीबाट आवश्यक पार्टपूर्जा र प्रविधि किन्न पाउने छैन ।

बिश्लेषकहरुका अनुसार अमेरिकाको कालोसूचीमा परेसँगै हुवावेले आफ्नो सफ्टवेयर अपग्रेड गर्न पाउने छैन । कम्पनीको रुटीन मेन्टेनेन्स र हार्डवेयर रिप्लेसमेन्ट पनि प्रभावित हुने बताइएको छ । एजेन्सी




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।