हुवावेलाई कालोसूचीमा राखेसँगै अमेरिकी कम्पनीलाई ११ अर्ब डलर घाटा

May 19, 2019 Merolagani



चिनीयाँ दुरसञ्चार कम्पनी हुवावेलाई अमेरिकाद्धारा कालोसूचीमा राखिएमा अमेरिकी कम्पनीलाई ११ अर्ब डलर घाटा हुनसक्ने बताइएको छ ।  हुवावे विश्वको सबैभन्दा ठूलो दुरसञ्चार उपकरण निर्माता र दोस्रो ठूलो स्मार्टफोन बेच्ने कम्पनीको रुपमा रहेको छ ।

उसले कयौँ प्रविधि र उपकरण अमेरिकी कम्पनीबाट किन्दै आइरहेको थियो ।

अमेरिकी सञ्चार माध्यमका अनुसार, हुवावेले गत वर्ष १३ हजार वितरकहरुबाट ७० अर्ब डलर बरारबको उत्पादन खरिद गरेको थियो । तीमध्ये ११ अर्ब डलर बराबरको सामान अमेरिकी कम्पनीबाट किनिएको थियो ।

अमेरिकाले तीन दिन पहिले मात्र हुवावेलाई एनटिटी सूचीमा राखिदिएको छ । जसअनुसार, हुवावेले अमेरिकी सरकारको लाइसेन्स बिना त्यहाँको कम्पनीबाट आवश्यक पार्टपूर्जा र प्रविधि किन्न पाउने छैन ।

बिश्लेषकहरुका अनुसार अमेरिकाको कालोसूचीमा परेसँगै हुवावेले आफ्नो सफ्टवेयर अपग्रेड गर्न पाउने छैन । कम्पनीको रुटीन मेन्टेनेन्स र हार्डवेयर रिप्लेसमेन्ट पनि प्रभावित हुने बताइएको छ । एजेन्सी




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।