लगानीकर्ता सिफ्ट हुँदा हाइड्रोमा उछाल, कारोबार अर्ब नजिक

May 22, 2019 Merolagani



अल्पकालीन लगानीकर्ताहरु सिफ्ट हुँदा बुधबार हाइड्रोपावरको उपसूचकमा उछाल देखिएको छ। एक समूहबाट नाफा बुक गरेका लगानीकर्ताहरु हाइड्रोपावरमा केन्द्रित हुँदा सो सूचक सबैभन्दा धेरै करिब साढे ५ प्रतिशतले बढेको हो। यस्तै बुधबार शेयर कारोबार पनि अर्ब नजिक पुगेको छ।

बुधबार कारोबारमा आएका अधिकांश सूचकहरु सकारात्मक हुँदा नेप्से ७.४९ अंकले सुधार भएर १३१९.६३ बिन्दुमा पुगेको हो । यस दिन १७१ कम्पनीका ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर किनबेच भएर ९६ करोड ६६ लाख रुपैयाँको कारोबार भयो । 

यो रकम मंगलबारको तुलनामा १५ करोड २२ लाख रुपैयाँ भन्दा बढी हो। मंगलबार ८१ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार नेपाल बैंक, प्राइम कमर्सियल बैंक र शिवम् सिमेन्टको शेयर अधिक मात्रामा कारोबार भएको छ। नेपाल बैंकको ६ करोड ९६ लाख, प्राइम कमर्सियलको ६ करोड ३७ लाख र शिवमको ६ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै सानिमा माई हाईड्रोपावर र अपर तामाकोशीको ५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ। बुटवल पावरको ४ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने कृषि विकास बैंक, एचआईडिसीएल, ओरियण्टल होटलको ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

बुधबार करोबारमा आएका ११ उपसमुहको सूचकमध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डको सूचक बाहेक सबै सकारात्मक देखिएका छन्। उत्पादन तथा प्रशोधनको सूचक सबैभन्दा धेरै ८४.५३ अंकले ओरालो लागेको छ भने म्युचुअल फण्ड ०.२ अंकले नकारात्मक बनेको छ।

साढे ७ अंकले नेप्से सुधार भएको बजारमा हाइड्रोपावर सूचक सबैभन्दा धेरै ६८.६३ अंकले बढेको छ । यस्तै होटल ५२.२३, जीवन बीमा ४३.५९, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, लघुवित्त ७.२१, विकास बैंक ६.०३, वित्त ४.०३ र वाणिज्य बैंकको सूचक २.५९ अंकले सकारात्मक भएका छन् ।

बुधबारको बजारमा हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा अधिक उछाल आएको छ । शिर्ष शेयरमूल्य बढ्ने कम्पनीको सूचीमा ७ जलविद्युत कम्पनी रहेका छन् ।अरुण भ्याली हाइड्रोपावरको र अपर तामाकोशीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।

अरुण भ्यालीको शेयरमूल्य १० प्रतिशतले बढ्दा अपर तामाकोशीको शेयरमूल्य ९.७१ प्रतिशतले बढेको छ । यस्तै अरुण काबेली, रैराङ्ग हाइड्रोपावर, हिमालयन पावर पार्टनर, अपि पावर, मल्टिपर्पस फाइनान्स, सिटी एक्सप्रेस फाइनान्सको शेयरमूल्य पनि ९ प्रतिशतले बढीले बढेको छ ।

यता घलेम्दी हाइड्रोको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । घलेम्दीको शेयरधनीहरुले सबै भन्दा धेरै ९.४८ प्रतिशतले गुमाएका हुन् । यस्तै हिमालयन डिस्टीलरीको शेयरमूल्य ६.७०, शिवम सिमेन्टको ५.९८, सेन्ट्रल फाइनान्सको ४.८७ प्रतिशत र रिलायन्स फाइनान्सको शेयरमूल्य ४.०८ प्रतिशतले घटेको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।