प्राइम बैंकका शेयरमूल्य समायोजन

May 23, 2019 Merolagani



प्राइम कमर्सियल बैंकको नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवको मुनाफाबाट बोनस वितरण गर्न बिहीबार बुकक्लोज गरेसँगै शेयरमूल्य समायोजन भएको हो।

नेप्सेले १६ प्रतिशत बोनसलाई सिमायोजन गरि प्रतिकित्ता ३१८ रुपैयाँ ९७ पैसामा समायोजित शेयरमूल्य निर्धारण गरेको छ । समायोजन पश्चात बैंकको शेयरमूल्य बढेर ३२० रुपैयाँ पुगेको छ ।

नेप्सेमा १८० दिन कारोबार भएको मूल्यको आधारमा बैंकको औसत आधार मूल्य ३६७ रुपैयाँ ४१ पैसा कायम भएको छ।

बैंकले गत आवको मूनाफाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जेठ २६ गते आह्वान गरिएको ११ औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गर्नेछ । जेठ २६ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहानको १० बजसभा बोलाइएको छ ।

एघारौं वार्षिक साधारण सभा गर्ने प्रयोजनको लागि बिहीबार बुकक्लोज गरेकोले जेठ ८ गते सम्म कायम शेयरधनीले मात्र बोनश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

हाल बैंकको चुक्त पूँजी ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ छ बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।