मर्जर वा एक्विजिशनमा जान नयाँ पार्टनरको खोजीमा प्राइम बैंक

May 16, 2019 Merolagani




प्राइम बैंक (PCBL)  मर्जर वा एक्विजिशनमा जान नयाँ पार्टनरको खोजीमा जुटेको छ । ओम डेभलपमेन्टलाई खरिद गर्ने प्रक्रिया भाँडिएपछि प्राइमले नयाँ संस्थाको खोजी गर्न थालेको हो ।

राष्ट्र बैंकले तीन महिना भित्र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशनमा जान निर्देशन दिएकाले पनि बैंक तुरुन्तै पार्टनर खोज्नुपर्ने अवस्थामा छ । एक्वायर प्रक्रिया तोडेको ओम डेभलपमेन्ट बैंक एनएमबिमा मिसिने भएपछि प्राइमलाई तुरुन्तै अर्को जोडी खोज्न थप दबाव परेको छ ।

बैंकले बोलाएको आगामी साधारण सभाबाट कुनै बैंक तथा वित्तीय संस्थासंग एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने), प्राप्ति (एक्विजिशन) गर्न सम्बन्धमा आवश्यक प्रकृया पुर्याउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ ।

बैंकले यहि जेठ २६ गते आइतबार नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा बिहान १० बजे एघारौं बार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्राइमको हाल चुक्ता पूँजी ८ अर्ब ३ करोड ३२ लाख ९९ हजार रुपैयाँ छ । १६ प्रतिशत बराबरको एक अर्ब २८ करोड ५३ लाख २७ हजार ८४० रुपैयाँ बोनस वितरणपछि चुक्ता पूँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ८४० रुपैयाँ पुग्नेछ ।

साथै बैंकले अधिकृत पूँजी १० अर्बबाट २० अर्ब पुर्याउने प्रस्ताव समेत साधारण सभामा लग्दैछ । साधारण सभाले संस्थापक शेयरधनीहरुबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको  तर्फबाट २ जना गरी ५ जना संचालक निर्वाचन समेत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि जेठ ९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने बैंकले जनाएको छ । त्यस अनुसार जेठ ८ गते सम्म कायम शेयरधनीहरुले बैंक लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले एक अर्ब ५४ करोड ७९ लाख ०५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिको तुलनामा बैंकले ३१.३६ प्रतिशतले नाफा बढाएको हो। बैंकले यस अवधिमा एक अर्ब ७९ लाख ८८ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।