शेयर बजारको सबैभन्दा नाजुक नेशनल हाइड्रो, निराश बनाउँदै लगानीकर्ता

Apr 17, 2019 Merolagani



शेयर बजारमा सूचीकृत कम्पनीहरुमध्ये शेयर मूल्यको आधारमा सबैभन्दा कमजोर अवस्थामा रहेको नेशनल हाइड्रोपावर (NHPC) ले कम्पनीले विना लाभांश वार्षिक साधारण सभा बोलाएको छ। एक दशक यता कुनै प्रतिफल दिन नसकेको कम्पनीको नाजुक अवस्थाप्रति लगानीकर्ता निराश हुँदै आएका छन्।

कम्पनीले यहि बैशाख २७ गते २२ औं वार्षिक साधारण सभा बोलाएको छ। कमजोर प्रस्तुती गर्दे आएको कम्पनीको शेयर मूल्य समेत आईपिओको मूल्य भन्दा निक्कै तल पुगेको छ।

हाइड्रोपावरको बुधबार ७१ रुपैयाँ प्रति कित्ता हाराहरीमा कारोबार भैरहेको छ। कम्पनीको शेयरमूल्य २०६८ बैशाख १५ गते बिहीबार सबैभन्दा कम ३९ रुपैयाँ ६५ पैसा सम्म झरेको थियो भने २०७१ साउन ६ गते मंगलबार अधिकतम प्रतिकित्ता २२१ रुपैयाँ सम्ममा कारोबार भएको थियो । एक वर्ष यता कम्पनीको शेयरमूल्य ६० रुपैयाँ सम्म कायम थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड २४ लाख रुपैयाँ आम्दानी गरेको थियो । १ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४१ करोड ४९ लाख रुपैयाँले ऋणात्मक छ ।

यस अवधिमा कम्पनीले प्रति शेयर आम्दानी ४ रुपैयाँ ०४ पैसा, प्रति शेयर नेटवर्थ ७० रुपैयाँ ०६ पैसा र मुल्य आम्दानी अनुपात १७.५६ गुणा बढी रहेको छ ।

बैशाख १५ गते बुक क्लोज

कम्पनी संचालक समितिको बैंशाख ३ गते बसेको बैठकले साधारण सभा प्रयोजनको लागि बैशाख १५ गते देखि २० गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार बैशाख १२ गते सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

साधारण सभाबाट संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिबेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिबेदन सहित वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रबाहसंग सम्बन्धी छलफल गरी पारित गर्नेछ ।

यस्तै साधारण सभाबाट आर्थिक वर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने जनाएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।