लाभांश पारित गर्न नागबेलीले बोलायो साधारण सभा,२५ प्रतिशत हकप्रद प्रस्ताव

Feb 26, 2019 Merolagani



नागबेली लघुवित्त (NBBL) ले गतबर्षको मुनाफाबाट वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । साथै साधारण सभाले बोनस पश्चात कायम पूँजीको २५ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्ताव समेत साधारण सभामा लग्ने भएको छ ।

लघुवित्तले चैत १५ गते शुक्रबार बिहान ११ः३० बजे झापाको वित्र्तामोडमा अवस्थित आदर्श बैंकेटमा नवौं वार्षिक साधारण सभा बोलाएका हो ।

साधारण सभामा लघुवित्तले चुक्ता पूँजी १५ करोड ३२ लाख ९९ हजार ४५९ रुपैयाँको ९.३८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४९ प्रतिशत नगद लाभांश पारित गर्ने छ । यसअनुसार लघुवित्तले एक करोड ४३ लाख ८० हजार ४१ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७ लाख ५६ हजार ८४४ रुपैयाँ नगद गरि कूल एक करोड ५१ लाख ३६ हजार ८५५ रुपैयाँ लाभांश वितरण गर्नेछ ।

बोनस शेयर वितरण पश्चत लघुवित्तको चुक्ता पूँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँ पुग्नेछ । बोनसपछि कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ४ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभामा लग्दैछ ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले फागुन २९ गते देखि चैत १५ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार फागुन २८ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९८ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ १६ पैसा र मूल्य आम्दनी अनुपात ५५.७९ गुणा बढी छ ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।