लाभांश पारित गर्न साल्ट ट्रेडिङ्गको साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Feb 27, 2019 Merolagani



साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) ले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । कर्पोरेशनले चुक्ता पूँजीको ३५ प्रतिशत लाभांस पारित गर्न चैत ११ गते विहान ११ बजे ५२ औं बार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभामा यस अघि संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ७ लाख ८ हजार ३५० रुपैयाँको बोनस शेयर र १० प्रतिशतका दरले कर सहित १ करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

यस्तै सर्वसाधारण शेयरधनीहरुको तफबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा ७ जना निर्वचन गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कर्पोरेशनले फागुन २४ गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अुनसार फागुन २३ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछ ।

काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १५ करोड ३४ लाख ९१ हजार ७५० रूपैयाँ पुग्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।