ओम डेभलपमेन्ट बैंकका शेयरधनीले प्रस्तावित लाभांश नपाउने

May 26, 2019 Merolagani



ओम डेभलपमेन्ट बैंकका शेयरधनीले यस अघि प्रस्ताव गरिएको लाभांश नपाउने भएका छन् । ओम र एनएमबी बैंकबीच मर्जरमा जान भएको सैद्धान्तिक सहमति अनुसार बैंकले लाभांश बिनानै साधारण सभा गर्न राष्ट्र बैंकसँग अनुमति मागेको हो ।

ओम डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरेको थियो । यस अघि प्राइम कर्मशियल बैंकसंग एक्विजिशनमा जानको लागि सैद्धान्तिक सहमति भएकोले राष्ट्र बैंकबाट लाभांश स्वीकृत भएको थिएन् । त्यसबीचमा सहमति भड्किएपछि शेयरधनीले लाभांश नपाउने बतावरण बनेको हो ।


प्राइम कर्मशियलसंग कुरा नमिले पछि ओम डेभलपमेन्ट र एनएमबि बैंकबीच २०७६ जेठ २ गते मर्जरमा जान सैद्धान्तिक सहमति भैसकेको छ । मर्जर पछि एकिकृत साधारणसभा सम्पन्न गरी दुबै संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति भएको छ ।

यस्तै सहमति पत्रको बुंदा नम्बर २५ अनुसार शेयर स्वाप रेसियो समेत असर पर्ने भएकोले बैंक संचालक समितिको जेठ १० गते बसेको बैठकले लाभांश बिनै साधारण सभा बोलाउन अनुमति मागेको हो ।

हाल एनएमबि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ । एकीकृत बैंकको चुक्ता पूँजी साढे ११ अर्ब माथि पुग्नेछ ।

मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओमा रहनेछन् ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।