नेपाल बङ्गलादेश बैंकको ऋणपत्र खुल्यो, दश वर्षसम्म १०.२५% ब्याज पाइने

May 24, 2019 Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) ले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ। जेठ १० गते आजदेखि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग मार्फत एक हजार रुपैयाँ अंकित दरमा २० लाख युनिट “एनबिबि डिबेञ्चर २०८५” निष्काशनमा ल्याएको हो।

निष्काशित ऋणपत्र २ अर्बको २० लाख कित्ता मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ८ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गरेको हो। 

दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्रमा लगानी गर्न चाहने इच्छुक लगानीकर्ताले मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था रतिनको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।

ऋणपत्र न्युनतम एक हजार अंकित दरमा २५ कित्ता देखि अधिकतम एक लाख कित्तासम्म आबेदन गर्न सकिने व्यवस्था छ। ऋणपत्र छिटोमा जेठ १४ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरे असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत हरेक वाणिज्य बैंकलाई ऋणपत्र निष्काशन गर्न लगाउने नीति अख्तियार गरेको थियो । सोही नीति अनुरुप वाणिज्य बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका हुन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।