हिमालयन डिष्ट्रिलरीले ६८.४२ प्रतिशत अन्तरिम लाभांश बाँड्ने

May 24, 2019 Merolagani



हिमालयन डिष्ट्रिलरी (HDL) ले आफ्ना शेयरधनीलाई चालु आर्थिक वर्षको मुनाफाबाट ६८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। नेपाल स्टक एक्सचेञ्जमा उत्पादनमूलक कम्पनीमा सूचीकृत रहेको यस कम्पनीले चालु आव नसकिँदै लगानीकर्तालाई अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनी सञ्चालक समितिको जेठ ९ गते बिहीबर सम्पन्न सञ्चालक समितिको बैठकले कम्पनीको सञ्चित मुनाफा रकमबाट कर सहित प्रतिशेयर ६८ रुपैयाँ ४२ पैसाका दरले अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश रकम यहि जेठ १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कम्पनीको शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्ग नारायणचौर नक्सालमा रहेको कम्पनीको शेयरधनी दर्ता किताबमा दर्ता भएका शेयरधनीले मात्र पाउनेछन् ।

हिमालयन डिष्टिलरीले गत आव २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई प्रतिशेयर कर सहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ। कम्पनीको गत पुस २५ गते सम्पन्न १८ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त लाभांश गत फागुन ६ गतेदेखि वितरण गरेको थियो।

हिमालयन डिष्ट्रिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ६९.२४ प्रतिशत धेरै ३२ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । चुक्ता पूँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ रहेको कम्पनीले ७३ करोड ६१ लाख रिटेन्ड अम्दानी गरेको छ ।

यस कम्पनीले गोल्डेन ओएक, ब्लाक ओएक रोयल ट्रिजर लगायतका ब्राण्डहरुको मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।




सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्र: २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार

Jun 13, 2026 11:49 AM

सुवास निरौला

"२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुभो। त्यतिखेर हामी अहिले जस्तो बुढा थिएनौँ। पृथ्वी नै तीन बित्ता उचाल्न  सकिन्छ भन्ने हामीमा उत्साह थियो।