इन्फिनिटी लघुवित्तको आईपिओ खुल्यो

May 27, 2019 Merolagani

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले जेठ १३ सोमबार (आज) बाट आईपिओ निष्काशन गरेको छ । लघुवित्तले जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेको हो।

लघुवित्त कम्पनीले कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ। ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन्।

धितोपत्र बोर्डले हरेक सार्वजनिक निष्काशनमा कम्तिमा चार दिन लगानीकर्तालाई लगानीको अवसर दिने गरेको छ। जसअनुसार आईपिओमा जेठ १६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लघुवित्तको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। लघुवित्तको आईपिओमा अनलाईनबाट मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका लगानीकर्ता कै बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमा आईपिओ भर्न सकिन्छ।

लघुवित्त कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ।

गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिका वडा नं. ०२ कालीगण्डकी चोकमा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। इन्फिनिटीको आईपिओ बिक्रीपछि २० करोड ७४ लाख पुग्नेछ। लघुवित्तको अधिकृत पूँजी ५० करोड रहेको छ ।


comments powered by Disqus

धितोपत्र बोडद्धारा ७ दिनभित्र बैंकलाई ब्रोकर इजाजत सहित ८ बुँदाको प्रगति विवरण पेश गर्न नेप्सेलाई निर्देशन

Sep 15, 2019 06:46 PM

नेपाल धितोपत्र बोर्डको सुपरिवेक्षण तथा अनुसन्धान विभागले बैंकलाई ब्रोकर इजाजत सहित ८ बुँदाको पछिल्लो प्रगति विवरण ७ दिनभित्र बोर्डमा पेश गर्न नेप्सेलाई निर्देशन दिएको छ।विभागले भदौ २६ गते पत्राचार गर्दै बोर्डको निर्देशन तथा मुद्रा तथा पूँजी बजार समितिको दिएको सुझावमा आधारित रहेर नेप्सेसंग कार्यान्वयन नभएको बुँदाहरुको पछिल्लो प्रगति विवरण माग गरेको हो।