इन्फिनिटीको आईपिओमा आवेदन गर्ने बिहीबार अन्तिम दिन, ६ गुणा आवेदन

May 30, 2019 Merolagani

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओमा आवेदन गर्ने जेठ १६ गते बिहीबार अन्तिम दिन रहेको छ। लघुवित्तले जेठ १३ देखि जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशत बराबरको सार्वजनिक निष्काशन गरेको हो।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार मंगलबार कार्यालय समयभित्र ३७ करोड बराबरको शेयर माग भएको छ । लघुवित्तको आईपिओमा एक लाख ७५ हजार जनाले आवेदन दिएका छन्। जुन सर्वसाधारणमा निष्काशन भएको शेयरको करिब ६ गुणा धेरै हो।

लघुवित्त कम्पनीले कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपिओ सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई छुट्याइएको छ। ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन्।

धितोपत्र बोर्डले हरेक सार्वजनिक निष्काशनमा कम्तिमा चार दिन लगानीकर्तालाई लगानीको अवसर दिने गरेको छ। जसअनुसार आईपिओमा जेठ १६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लघुवित्तको आईपिओमा अनलाईनबाट मेरो शेयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका लगानीकर्ता कै बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट सी–आस्वा प्रणालीमा आईपिओ भर्न सकिन्छ।

लघुवित्त कम्पनीको आईपिओलाई क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ्गस् नेपालले ‘ग्रेड ४’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको बुझाउँछ।

गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिका वडा नं ०२ कालीगण्डकी चोकमा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको हाल १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। इन्फिनिटीको आईपिओ बिक्रीपछि २० करोड ७४ लाख पुग्नेछ। लघुवित्तको अधिकृत पूँजी ५० करोड रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।