इन्भेष्टमेन्ट बैंकको २ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य ३०० तिर्नुपर्ने

May 30, 2019 Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक (NIBPO) ले बिहीबारदेखि दुई लाख १४ हजार ६१० कित्ता संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयर सर्कान चाहने इच्छुक लगानीकर्ताले उक्त शेयरमा जेठ २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा न्यूनतम ३०० रुपैयाँ अंकितदरमा प्रतिस्पर्धि मूल्यमा बोलकबोल गर्नुपर्नेछ। लिलामीका लागि न्यूनतम ३ हजार कित्तादेखि अधिकतम कित्तासम्म माग गर्न सकिनेछ। बैंकको संस्थापक शेयर बुधबार प्रतिकित्ता ५२० रुपैयाँमा कारोबार भएको छ ।

लगानीकर्ताले एनआईबिएल एस क्यापिटल लाजिम्पाटबाट ५०० रुपैयाँ तिरेर आवेदन फारम प्राप्त गर्नसक्नेछन् भने जेठ २३ गते कार्यालय समयभित्र क्यापिटलमा बोलपत्र दर्ता भइसक्नुपर्ने बताइएको छ।

उक्त लिलामीको बोलपत्र जेठ २४ गते बिहान १०:३० बजे एनआईबिएल एस क्यापिटल लाजिम्पाटमा खुला गरिने बताइएको छ ।

बैंकमा राष्ट्रिय बीमा कम्पनी, महालक्ष्मी इन्भेष्टमेन्ट, छायाँ इन्भेष्टमेन्ट, केयुपि र सोफिला इन्भेष्टमेन्टको ६ प्रतिशत धेरै शेयर स्वामित्व रहेको छ भने ०.५ प्रतिशत माथि स्वामित्व रहेको अन्य व्यक्ति तथा संस्था यसप्रकारको रहेका छन्।

साथै बैंकले जेविल्स फाइनान्सलाई एक सय शेयर बराबर ३३ अनुपातमा एक्वीजिशन गर्दैछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।