नाकाबन्दीका रणनीतिकार जयशंकरको गोजीमा पुगेको भारतको नेपाल नीति

Jun 02, 2019 Merolagani

- राजेन्द्र खनाल।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथ ग्रहण समारोहमा नयाँ दिल्ली पुग्नु अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले यो सोचेका थिएनन् कि भारतीय बिदेशमन्त्री एस जयशंकर बन्दैछन्। यो उनका लागि सरप्राइज नै थियो। उनीमात्र होइन भारतीय सन्चार माध्यम हेरेर बसेका जो कोहीलाई पनि उनको बिदेशमन्त्री चयन साँच्चै सरप्राइज नै भयो।

एस जय शंकरलाई बिदेशमन्त्री चयन गरेपछि मोदीको दोश्रो कार्यकालमा नेपाल भारत सम्वन्ध कस्तो होला भन्ने अनुमान लगाउन थालिएको छ । एस जयशंकर तिनै हुन, जसको गलत ब्रिफिङका कारण भारतले नौ महिना लामो नाकावन्दी गरेको थियो । जसको समष्टीगत असर नेपाली समाजमा कस्तो पर्यो, त्यो जगजाहेर छ । त्यो बेला नेपालको कुल ग्राहस्थ उत्पादन ०.६३ प्रतिशतले हुने अनुमान गरिएपनि नाकावन्दीकै कारण ०.२० मा सिमित भएको थियो । जय शंकर बिदेशमन्त्री चयन हुँदा सबैभन्दा प्रभावित कुनै देश हुन्छ भने त्यो नेपाल नै हुने छ ।

 

कर्मचारीतन्त्र हावी हुने
मोदी सरकारमा जयशंकरको उपस्थितिले भारत नेपाल सम्वन्ध राजनैतिक तहमा भन्दा पनि कर्मचारीतन्त्रकै प्रभावमा रहने स्पष्ट छ ।

लामो समयसम्म भारतको बिदेश मन्त्रालय हेरेका कर्मचारीले बिदेश मन्त्रालय सम्हाल्दा नेपाल भारत सम्वन्ध सुरक्षामा आधारित साउथ व्लक निर्देशित हुनेछ ।

खुल्ला सीमाना रहेका दुवै मुलुक धार्मिक साँस्कृतिक र सामाजिक रुपमा रोटीबेटीको सम्वन्धमा आधारित रहेको व्याख्या राजनीतिक रुपमा हुने गरे पनि अवको चार बर्ष नेपाल भारत सम्वन्ध नेपालले चीनसँग गर्ने व्यवहार र गतिबिधिमा आधारित सामरिक हुने अनुमान छ ।

भारतमा काँग्रस आइ नेतृत्वमा सरकार हुँदा जस्तो कर्मचारीतन्त्रको दवदवा थियो, अव त्यही पुनराबृत्ति हुने स्थिति देखिँदैछ । राजनीतिक तहमा छलफल भएर सल्टिनु पर्ने कयौ कुटनीतिक समस्या अव कर्मचारी तहमा पुगेर अड्किने छ । एउटा सह सचिवस्तरको कर्मचारीको हैसियत अब क्याविनेटमन्त्री भन्दा शक्तिशाली हुने छ ।

राजनीतिक चलखेल
बिदेशमन्त्रीको रुपमा जयशंकर आएपछि संबिधान निर्माणमा रहेका तत्कालीन असन्तुष्टिलाई बाहिर ल्याउन अनेकौ प्रयत्न गर्न सक्ने छन् । मधेशी दलहरुलाई प्रयोग गर्दा आत्मघाती भएको बिगतको नजिरलाई टेकेर उनले ठुलै पार्टीहरुमा खेल्न प्रशस्त गृहकार्य गरे अनौठो हुने छैन ।
सत्तारुढ दल नेकपा यसैपनि सिसाको घर जस्तै छ । रक्सौलबाट ढुंगा हान्दा नभएको अस्त्र धुम्वाराहीका गएर हाने कामयावी हुनसक्ने बिश्लेषणमा साउथ व्लक पुग्न सक्छ ।

भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली दिल्ली टेक्दै गर्दा काठमाण्डौमा प्रचण्ड निकटबाट गोप्य सहमति सार्वजनिक गरिनु संयोग मात्र होइन । सत्ता साझेदारीमा भएको गोप्य सहमति पेचिलो बन्दै गए त्यसमा भारत नछिर्ने भन्ने हुँदैन । सत्ता जोगाउन या प्राप्त गर्न ओली या दाहाल जो कोहीले पनि संबिधान संसोधनमा अर्को गोप्य हस्ताक्षर गरे, अनौठो मानिने छैन । सत्तारुढ नेताहरुलाई भिडाएर संबिधान संशोधन अगाडि बढे जयशंकरको पुरानो तुष्टि मेटिने मात्र होइन, उनी नेपाल नीतिमा सफल हुनेछन् ।

भारतमा भाजपा दोश्रो पटक बिजयी भएपनि नेपालका हिन्दूवादीहरु, बिशेष गरी राप्रपा उत्साहित हुनु पर्ने अवस्था रहन्न । नेपालमा हिन्दू राज्य कायम गर्ने रणनीति तत्कालका लागि सफल हुने नदेखेपछि भारत आफनो चासो रहँदा रहँदै पनि त्यो बिषयमा प्रवेश गर्न चाँहदैन ।

चीनलाई रोक्न खोजिने

नेपालका परियोजनाहरुमा देखिएको चीनको अग्रसरता, चासो र लगानीबाट भारत चिन्तित देखिन्छ । बिआरआइ मार्फत नेपालमा देखिएको लगानी उत्साहलाई भारतले थप गंभीरता पुर्वक लिने स्पष्ट छ । नेपालको राष्ट्यि महत्वका निर्माणाधीन या अध्ययनका रुपमा रहेका पुर्वाधार, जलबिद्युत लगायतका परियोजनाहरुमा भारतको स्वार्थ अबको दिनमा अझ बढ्ने छ । चीनसँग केही समय अघि भएको पारवहन सम्झौतालाई सिथिल पार्न नेपाललाई दिइसकेको हवाइ रुटलाई टार्न खोजिन्छ भने बिद्युत खरीद, जल परिवहन लगायतमा भएको सम्झौतामा अत्तो थाप्न सक्ने छ ।

पाकिस्तानी शंका

भारतमा भाजपाले चुनाव जितेकै दिन त्रिभुवन बिमानस्थलमा ठूलो मात्रामा भेटिएको नक्कली नोटको समाचारलाई भारतका सुरक्षा संयन्त्रहरुले नोटिसमा नराख्ने कुरै हुँदैन । नेपालको बिमानस्थलको सुरक्षाप्रति भारतले जहिले पनि प्रश्न उठाउने गरेको छ । एअर मार्सलको मुद्दालाई लाद्न नसकेको भारतले फेरि एकपटक सो मुद्दा उठाउन सक्ने छ । तराईका बिभिन्न जिल्लाहरुमा रहेका मदरसा र मुस्लिम बहुल वस्तीहरु भारतको नजरमा जहिले पनि पाकिस्तानी पृष्ठपोषण हुन भन्ने पुरानै मान्यता छ । पाकिस्तानका कटु आलोचक जय शंकर आएपछि तराईका मुस्लिम बहुल क्षेत्रमा भारतीय खुफिया एजेन्सीहरुले थप उपस्थिति जनाउने छन् । शंका कै आधारमा नेपालभित्र आएर मुस्लिम अगुवालाई मार्न सक्ने भारतीय खुफिया एजेन्सीहरु पाकिस्तान फोवियाबाट कति ग्रस्त छन् भन्ने कुरा उनीहरुले गरेको हत्या श्रृंखलाले पुष्टि गर्छ ।

भारतमा को विदेशमन्त्री बन्छन् भन्ने कुरा भारतको विशुद्ध आन्तरिक मामिला हो तर नेपाली राजनीति यसकारण पनि त्रसित छ कि यहाँका राजनीतिज्ञ र कर्मचारीतन्त दिल्लीकै छाता ओढ्न रुचाउँछन् । आफु आन्तरिक रुपमा एकताबद्ध र सुदृढ नभएपछि बाहिरीबाट प्रभावित हुनु र चल्नु स्वभाविक बन्न जान्छ । नेपालको राजनीतिक र कर्मचारी ब्यवस्थामा भारतीय छायाँ हटाउनु चानचुने कुरा हैन, जो तत्काललाई असंभव जस्तै छ तर नेपालीहरु एकताबद्ध भए भने छिमेकीका कुटिल चाललाई परास्त गर्नसक्ने संभावना पनि उत्तिकै छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।