अर्घाखाँचीको पी.पी.सी. सिमेन्ट बिक्री सुरु

Jun 10, 2019 Merolagani



अर्घाखाँची सिमेन्ट प्रा.ली.ले आम उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखी जेठ २६ गते आइतबारदेखि औपचारिक रुपमा पि.पि.सी. सिमेन्ट नेपाली बजारमा ल्याएको छ।

देशकै उत्कृष्ट र गुणस्तरीय ओ.पी.सी सिमेन्ट उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्टलाई जेठ २४ गते (शुक्रबार) नेपाल सरकार उद्योग, वाणिज्य तथा नापतौल विभागले एन.एस चिन्ह प्रदान गरेसँगै आइतबारदेखि पि.पि.सी. सिमेन्टलाई देशैभरीको बजारमा बिक्रीका लागि ल्याइएको कम्पनीले जनाएको छ।

अर्घाखाँची पी.पी.सी. सिमेन्ट सार्वजनिक गर्दै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले भने, “हामीले सिमेन्टको गुणस्तर र तौलमा कुनै सम्झौता गरेका छैनौं ।

नयाँ प्रविधि र उपभोक्ताको बढ्दो मागका कारण हामीले अर्घाखाँची पी.पी.सी. सिमेन्ट उत्पादन गर्न सुरु गरेको हौं । पी.पी.सी. सिमेन्टको उत्पादन र बिक्री वितरणसँगै बिक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धी हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादनप्रति ग्राहकहरुको विश्वास थप मजबुत हुनेमा हामी विश्वस्त छौं ।”

कम्पनीले विगतमा ओ.पी.सी सिमेन्टमा हासिल गरेको सफलता र उपभोक्ताको विश्वासलाई थप बढोत्तर गरी राष्ट्रको विकास–निर्माणमा योगदान गर्ने उदेश्यको साथ पि.पि.सी. सिमेन्टको उत्पादन थालेको हो।

कम्पनीले हाल विश्वमा प्रचलित अत्याधुनीक एफ एल स्मीथ (FL Smith) को डेनिस प्रविधिको भिआरएम मेसिनबाट गुणस्तरिय सिमेन्ट उत्पादन गर्दै आएको छ। साथै आफ्नै खानीको चुनढुङ्गाको प्रयोगद्धारा क्लिंकर बनाइने हुनाले अर्घाखाँची सिमेन्ट कम्पनीको उत्पादनहरुको गुणस्तरमा एकरुपता रहँदै आएको छ ।

एउटै फ्याक्ट्री परिसरभित्र दुईवटा छुट्टाछुट्टै प्रोडक्सन लाइन मार्फत ओ.पी.सी र पी.पी.सी. उत्पादन गर्ने सम्भवत यो नेपालकै पहिलो सिमेन्ट कम्पनी रहेको कम्पनीको दाबी छ।