फोन पे मा १० हजार मर्चेन्ट र ५० बढि बैंक तथा वित्तिय संस्था आबद्ध

Jun 10, 2019 merolagani



नेपालको पहिलो र सबैभन्दा अग्रणी फोन–पे प्रा.ली., दशहजार मर्चेन्ट बनाउन सफल भएको छ । फोन पे मा विभिन्न १४ प्रकारका मर्चेन्टमा मासिक पचास हजार भन्दा धेरै कारोबार हुने गरेको छ ।

फोन पे बैंकिङ र मर्चेन्ट विस्तारकोे हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ । ६० प्रतिशत मर्चेन्ट प्रदेश नं. ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन् ।

फोनपे नेटवर्कले ५० भन्दा बढि बैंक तथा वित्तिय संस्थालाई आबद्ध गरेको छ । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ । फोन पे ले धेरै भन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्तालाई यसको सदस्य र व्यवसायिक नेटवर्क मार्फत सक्रिय बनाएर आफ्नो क्षमतालाई थप गर्दै लैजान चाहान्छ ।

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ । फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ ।

फोनपेबाट धेरै गरिने आर्थिक क्रियाकलापमा सपिङ, यात्रामा गरिने खर्च, व्यवसायिक भुक्तानी आदी पर्छन् । धेरै व्यवसायहरूमा इसेवा वा फोनपे बाट पैसा भुक्तानी गर्दा छुट पाइने अफरहरू पनि रहेका छन् । कारोबार वृद्धि गराउनका लागि हरेक महिना करिब २० मर्चेन्टमा विभिन्न छुट तथा नगद फिर्ता अफरहरु सञ्चालन भइरहेका छन् । फोनपे एफवान सफ्ट इन्टरनेशनलकोे सहायक कम्पनी हो ।

 

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।