बैंक तथा वित्तीय संस्था पछि अब हाउजिङ्ग कम्पनी पनि मर्जरमा

Jun 12, 2019 merolagani



बैंक तथा वित्तीय संस्थाहरुमा मर्जरको लहर चलिरहदाँ हाउजिङ्ग कम्पनीहरु पनि मर्जरमा जाने भएको छन् । कञ्चनजंघा हाउजिङ्ग र संकल्प इन्भेष्टमेन्ट एण्ड होल्डिङ्ग मर्जरमा जाने भएको हुन् ।

दुबै कम्पनीले मर्जर प्रस्ताव पारित गराउन संयुक्त विशेष साधारण सभा आह्वान गरेका छन ।आगामी असार १४ गते बिहान १० बजे अल्फा हाउस, नयाँबानेश्वरमा हुने दुबै कम्पनीको संयुक्त विशेष साधारण सभाले मर्जर प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा कम्पनीहरु एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) प्रस्ताव पारित गर्ने, मर्जर पछि कम्पनीको नाम परिवर्तन गर्ने, प्रवन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिएको छ ।

मर्जर पछि कायम हुने शेयर बाँडफाँडको विषयमा आवश्यक निर्णय गर्ने समेत कम्पनीले जनाएको छ । यस्तै साधारण सभामा कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र चुक्ता पूँजीको सम्बन्धमा पनि छलफल हुँदै छ ।

कञ्चनजंघा हाउजिङ्गले त्रिपुरेश्वरको ट्रेडटावर र ललितपुरमा जनता आवास निमार्ण गरी सकेको छ भने तेस्रो फेजमा संकल्प इन्भेष्टमेन्ट एण्ड हिल्डिङ्गसंग मर्जमा गएर काठमाडौंको गौशलामा ४ रोपनी क्षेत्रफलमा ३ स्टार होटल निमार्ण गर्ने तयारी गरिरहेको छ । 




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।