गुराँस लाइफका संस्थापकले नै किनेनन् हकप्रद शेयर

Jun 13, 2019 Merolagani



गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले चुक्ता पूँजी बढाउन जारी गरेको पचास प्रतिशत हकप्रद शेयरमा संस्थापकहरुले नै आवेदन नगर्दा ठूलो कित्ता शेयर लिलामीमा आउने भएको छ ।

अरु बीमा कम्पनीहरुको संस्थापकहरुले आवेदन गर्ने तर सर्वसाधारणतर्फकाले आवेदन गर्न छुटाउने प्रवृत्ति रहेकोमा गुराँस लाईफमा भने विपरित देखिएको छ ।

कम्पनीले गत चैत २८ देखि जारी गरेको २ बराबर १ कित्ता अनुपातको हकप्रदमा २लाख ४० हजार ५७१ कित्ता संस्थापक शेयर अवितरित भएको छ भने सर्वसाधारण तर्फको यस्तो संख्या ८२ हजार पाँच कित्ता छ ।

अवितरित संस्थापक र साधारण गरि कूल तीन लाख २२ हजार ५७६ कित्ता शेयर असार ५ देखि १२ गतेसम्म लिलामी बिक्रीमा आउने भएको छ। इच्छुक लगानीकर्ताले उक्त लिलामीमा लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर तथा लक्ष्मी बैंकको तोकिएको शाखा मार्फत आवेदन गर्न सक्नेछन्।

लिलामी भर्न न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि प्रतिकित्ता एक सय रुपैयाँबाट बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सकिन्छ। गुराँस लाइफ इन्स्योरेन्सको शेयर जेठ २९ गते बुधबार प्रतिकित्ता ५१५ रुपैयाँमा कारोबार भएको छ।

कम्पनीले गत चैत २८ देखि २ बराबर १ कित्ता अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रद लिलामी बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख रुपैयाँ कायम हुनेछ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।