शेयर बजारमा ४ कम्पनीको ६० लाख कित्ता शेयर सूचीकृत

Jun 20, 2019 06:31 PM Merolagani



शेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनसहित ४ वटा कम्पनीको ५९ लाख ४७ हजार कित्ता शेयर सूचीकृत भएको छ।

मेरो माइक्रोफाइनान्सले बिक्री गरेको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत भएको हो।

त्यस्तै लाइफइन्स्योरेन्स कम्पनीले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको १६ लाख कित्त्ता बोनश शेयर सूचीकृत भएको छ ।

जेविल्स फाइनान्सले बिक्री गरेको ३ लाख ४० हजार कित्ता हकप्रद शेयर र ३ लाख ८९ हजार कित्ता बोनश शेयर गरी ७ लाख २९ हजार कित्ता शेयर कारोबारका लागि सूचीकृत भएको छ ।

त्यस्तै मिथिला लघुवित्तले बिक्री गरेको ३ लाख २९ हजार कित्ता हकप्रद शेयर शेयर पनि बजारमा किनबेच गर्न मिल्ने गरी सूचीकृत भएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।