शेयर बजारमा ४ कम्पनीको ६० लाख कित्ता शेयर सूचीकृत

Jun 20, 2019 06:31 PM Merolagani



शेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनसहित ४ वटा कम्पनीको ५९ लाख ४७ हजार कित्ता शेयर सूचीकृत भएको छ।

मेरो माइक्रोफाइनान्सले बिक्री गरेको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत भएको हो।

त्यस्तै लाइफइन्स्योरेन्स कम्पनीले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गरेको १६ लाख कित्त्ता बोनश शेयर सूचीकृत भएको छ ।

जेविल्स फाइनान्सले बिक्री गरेको ३ लाख ४० हजार कित्ता हकप्रद शेयर र ३ लाख ८९ हजार कित्ता बोनश शेयर गरी ७ लाख २९ हजार कित्ता शेयर कारोबारका लागि सूचीकृत भएको छ ।

त्यस्तै मिथिला लघुवित्तले बिक्री गरेको ३ लाख २९ हजार कित्ता हकप्रद शेयर शेयर पनि बजारमा किनबेच गर्न मिल्ने गरी सूचीकृत भएको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।