नेपाल पुनर्बीमाको खुद बीमा शुल्क साढे ३ अर्ब, झण्डै एक अर्ब बाहिरियो

Jun 24, 2019 11:49 AM Merolagani



नेपाल पुनर्बीमा कम्पनी (NRICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। निर्जीवन व्यवसायबाट ३ अर्ब २५ करोड १७ लाख रुपैंया र जीवन बीमा व्यवसायबाट २९ करोड ७४ लाख ५५ हजार रुपैंया गरी सो बराबरको बीमा शुल्क आर्जन गरेको हो।

अघिल्लो बर्षको सोही अवधिमा कम्पनीले एक अर्ब ७४ करोड २१ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ८९ करोड १३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिको तुलनामा कम्पनीले १६ करोड ३९ लाख ९२ हजार रुपैयाँले खुद नाफा बढाएको हो। गत वर्षको यसै अवधिमा कम्पनीले ७२ करोड ७३ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

निर्जीवन बीमा व्यवसायबाट ८० करोड ४ लाख रुपैयाँ र जीवन बीमा व्यवसायबाट ९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

८ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ४८ करोड ७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको बीमा कोषमा एक अर्ब ११ करोड ३६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले पुनर्बीमा कमिशन शुल्क वापत ४ करोड ९० लाख ४८ हजार रुपैयाँ आम्दानी गरेको छ भने ९८ करोड ७२ लाख रुपैयाँ पुर्नबीमा कमिशन वापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ ।

कम्पनीले निर्जीवन बीमा कम्पनी वापत ९६ करोड ९० लाख र जीवन बीमा कम्पनी अन्र्तगत १ करोड ८२ लाख रुपैयाँ भुक्तानी गरेको हो। कम्पनीको कमिशन आम्दानीका आधारमा कमिशन खर्चको आकार २०.१२ गूणाले बढी हो।

कम्पनीले ९२ करोड ६९ लाख ३८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जसमा निर्जीवन व्यवसायका लागि ८४ करोड ५६ लाख ९९ हजार र जीवन व्यवसायमा ८ करोड १२ लाख ३९ हजार रुपैयाँको दाबी भुक्तानी भएको छ।

कम्पनीले निर्जीवन बीमा दावी वापत ५२ करोड ९४ लाख ८५ हजार र जीवन बीमा दावी वापत ५ करोड ८० लाख २८ हजार रुपैयाँ गरी ५८ करोड ७५ लाख १३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।