आइएमई जनरल इन्स्योरेन्सको बोनस पश्चात शेयरमूल्य समायोजन

Jun 30, 2019 11:04 AM Merolagani



आइएमई जनरल इन्स्योरेन्सको असार १५ गते नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ। इन्स्योरेन्सले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको ५ प्रतिशत बोनस पश्चात नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरिप्रतिकित्ता ३६२ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।समायोजित मूल्यलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ । 

नेप्सेमा कम्पनीके गत १८० दिनको कारोबार भएको शेयरमूलय अनुसार कम्पनीको औसत आधारमूल्य ४२४ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले असार १५ गतेदेखि बुकक्लोज गरेको थियो । बुकक्लोजसंगै नेप्सेले कम्पनीको शेयरमूल्य समायाोजन गरी नयाँ शेयरमूल्यनिर्धारण गरेको हो ।

कम्पनीले निर्जीवन बीमाव्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने।गाभिने वा प्राप्ति सम्बन्धी सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव गरेर असार २९ गते बिहान ११ बजे लैनचौर बैङक्वेटस् काठमाडौंमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।

बोनस वितरणपछि इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब २ करोड रुपैयाँ पुग्नेछ।




दुई कम्पनीको शेयरमूल्य समायोजन

Sep 24, 2026 06:41 AM

असोज ८ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन भएको हो।