नेशनल लाइफ इन्स्योेन्सको बोनस शेयर सूचीकृत

Jul 07, 2019 02:57 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्सको ३५ लाख ७७ हजार १३२ कित्ता बोनस शेयर धितोपत्र बजारमा सूचीकृत भएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट वितरण गरेको असार २२ गते आइतबार नेप्सेमा उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सूचीकरण गराएको हो।

कम्पनीको गत चैत्र १५ गते शुक्रबार ३० औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो। सोही शेयर आइतबार नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकरण गरिएको हो।

यसअनुसार साधारण सभाका लागि कम्पनीले बुकक्लोज गरेको चैत १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कायम रहेका शेयरधनीले उक्त बोनस पाउनेछन् । यस्तै बोनस पाउने शेयरधनीले आइतबारदेखि उक्त शेयर खरिद बिक्री गर्न समेत सक्नेछन्।

दुई अर्ब ६४ करोड ९७ लाख रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको बोनस शेयर सूचीकरण पश्चात चुक्ता पूँजी तीन अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुगेको छ ।




तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 28, 2026 08:58 AM

असोज १२ गते, सोमबार, तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE), सर्वोत्तम पेन्ट्स र अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।