शेयर बजार सुस्त, कारोबार रकम आधा अर्ब पनि पुगेन

Jul 11, 2019 06:22 PM Merolagani



साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सूचक नेप्से स्थिर रहँदा कारोबार रकममा भने गिरावट देखिएको छ। बिहीबार कारोबार रकम अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ बराबरले घटेर ४६ करोड रुपैयाँमा झरेको छ। बुधबार ५७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

बिहीबार कारोबारमा आएका १७२ कम्पनीहरुमध्ये ८१ ओटाकम्पनीको शेयरमूल्य घट्दा नेप्से परिसूचक ०.६२ अंकले घटेर १२४८.५३ बिन्दुमा कायम रह्यो ।

बिहीबार कारोबारमा आएका ११ उपसमुहमध्ये दुईवटा उपसमुह मात्रै सकारात्मक देखिएका छन् भने ९ वटा उपसमुह नकारात्मक देखिएको छ । यस दिन होटल समुह सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ भने उत्पादनमुलक समुह ०.७३ प्रतिशतले घटेको छ। 

बिहीबार नेपाल बैंकको सबैभन्दा धेरै ५ करोड २९ लाख रुपैयाँ बराबरको शेयर करोबार भएको छ भने शिवम् सिमेन्टसको ३ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै सिभिल बैंकको १ करोड ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अन्य७ वटा कम्पनीको १ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। बिहीबार उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ६ वटा वाणिज्य बैंक रहेका छन्।

त्यसैगरी यस दिन नाडेप लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.७३ प्रतिशतले बढेको छ भने श्री इन्भेष्टमेन्ट फाइनान्सको पनि ३.२५ प्रतिशतले बढेको छ। त्यस्तै घलेम्दी हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, र गुँरास लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ भने ३ वटा सामुहिक लगानी कोषको शेयरमूल्यपनि १ प्रतिशतभन्दा धेरैले बढेको छ।

 

यस दिन मल्टिपर्पस फाइनान्स र लक्ष्मी लघुवित्तको शेयरमुल्य ५ प्रतिशतले घटेको छ भने इन्फिनिटी लघुवित्तको शेयरमूल्य ४ प्रतिशतले घढेको छ । त्यस्तै जोसी हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्त, गुँरास लाइफ इन्स्योेरेन्स, आशा लघुवित्त र नेपाल सेवा लघुवित्तको शेयरमुल्यपनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।