विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने

Jul 14, 2019 12:08 PM Merolagani



विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। लघुवित्तले प्राप्ति सम्वन्धि समझदारी पत्रमा विहीबार हस्ताक्षर भएको जानकारी नेप्सेलाई दिएको छ।

हाल १९ करोड ४८ लाख चुक्ता पूँजी रहेको विजय लघुवित्तको स्वेडा प्राप्तिपछि करिब २१ करोड चुक्ता पूँजी हुने भएको छ। स्वेडाको हाल चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ रहेको छ। स्वाप रेसियो भने तय हुन बाँकी रहेको बताइएको छ।

हाल एक्वीजिशन पछि बन्ने एकीकृत लघुवित्तको नाम विजय लघुवित्त रहने छ भने कार्यकारी अधिकृत र सन्चालक समिति पनि विजय लघुवित्त कै हुनेछ।

नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेकोविजय लघुवित्तले ३६ जिल्लामा र धादिङ्गको धार्केमा केन्द्रीय कार्यालय रहेको स्वेडाले ११ जिल्लामा सेवा दिँदै आएका छन् ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।