विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने

Jul 14, 2019 12:08 PM Merolagani



विजय लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने भएको छ। लघुवित्तले प्राप्ति सम्वन्धि समझदारी पत्रमा विहीबार हस्ताक्षर भएको जानकारी नेप्सेलाई दिएको छ।

हाल १९ करोड ४८ लाख चुक्ता पूँजी रहेको विजय लघुवित्तको स्वेडा प्राप्तिपछि करिब २१ करोड चुक्ता पूँजी हुने भएको छ। स्वेडाको हाल चुक्ता पूँजी १ करोड ३८ लाख रुपैयाँ रहेको छ। स्वाप रेसियो भने तय हुन बाँकी रहेको बताइएको छ।

हाल एक्वीजिशन पछि बन्ने एकीकृत लघुवित्तको नाम विजय लघुवित्त रहने छ भने कार्यकारी अधिकृत र सन्चालक समिति पनि विजय लघुवित्त कै हुनेछ।

नवलपरासीको गैडाकोटमा केन्द्रीय कार्यालय रहेकोविजय लघुवित्तले ३६ जिल्लामा र धादिङ्गको धार्केमा केन्द्रीय कार्यालय रहेको स्वेडाले ११ जिल्लामा सेवा दिँदै आएका छन् ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।