राधी विद्युतको १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ४७ करोड पुग्यो

Jul 14, 2019 06:04 PM Merolagani



राधी विद्युत कम्पनीकोे १० प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको असार २९ गते सम्पन्न १३ औं बार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश पारित गरेको हो।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ९ गते शेयरधनी दर्ता किताब बन्द गरेकाले असार ८ गते आइतबारसम्म कायम भएका शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्।

हाल ४५ करोड १० लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको बोनश वितरणपछि चुक्ता पुँजी ४७ करोड ३५ लाख रूपैयाँ हाराहारी पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ७२ लाख रूपैयाँ नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी १३ रूपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ २१३ रूपैयाँ ७१ पैसा कायम गरेको थियो ।

 

कम्पनीले घोर्मु गाविस ३ लमजुङमा राधी खोलाको पानी उपयोग गरी ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना निमार्ण गरेको छ । साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी गरेको छ ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।