चालु आर्थिक वर्षमा राजश्व लक्ष्य पुरा नहुने, पूँजीगत खर्च करीव ७० प्रतिशत

Jul 16, 2019 03:16 PM Merolagani



चालु आर्थिक वर्षको लागि निर्धारण गरिएको सरकारको राजश्व लक्ष्य पुरा नहुने देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा ८३.६६ प्रतिशत मात्रै राजश्व लक्ष्य पुरा भएको हो ।

सरकारले चालु आर्थिक वर्ष भित्र ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । असार ३० गते सम्ममा ६ खर्ब ९५ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ राजश्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ।

सरकारको राजश्व लक्ष्य पुरा गर्न अझै १ खर्ब ३५ अर्ब ८४ करोड १२ लाख रुपैयाँ राजश्व संकलन गर्नुपर्ने देखिन्छ। 

सरकारले करबाट ६ खर्ब १३ अर्ब ३ करोड ७६ लाख र गैरकरवाट ८२ अर्ब ४३ करोड ९२ लाख रुपैयाँ गरी सो बराबरको राजश्व संकलन गरेको हो ।

 

गत आर्थिक वर्षमा सरकारले ७ खर्ब ३२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । जसमा ९९.१४ प्रतिशत अर्थात ७ खर्ब २६ अर्ब ७१ करोड रुपैयाँ राजश्व संकलन भएको थियो।

यस्तै चालू आर्थिक बर्षकाे असार ३० सम्म सरकारले १० खर्ब ७२ करोड खर्च गरेको छ । यो सरकारको लक्ष्य १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको ८१.५५ प्रतिशत मात्रै हो । असार ३० गते सम्ममा चालु खर्चतर्फ ७ खर्ब ८ अर्ब ११ करोड ४४ लाख, पूँजीगत तर्फ २ खर्ब २३ अर्ब ४६ करोड ६६ लाख, वित्तीय व्यवस्थापन तर्फ १ खर्ब ४० अर्ब ९३ लाख रुपैयाँ खर्च भएको छ ।

चालु खर्च तर्फ ८३.७६ प्रतिशत, पूँजीगत तर्फ ६६.७४ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ९०.५० प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याँक छ ।

  • एकै दिन २४ अर्ब खर्च

विगतका वर्षहरुमा झै यस वर्षमा पनि असारे विकासका कार्यक्रमहरुले प्राथमिकता पाएको छ । चालु आर्थिक दुईदिन मात्रै बाँकी हुदा सरकारले एकै दिन २४ अर्ब ३५ करोड ४६ लाख रुपैयाँ खर्च गरेको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३० गते मात्रै चालु तर्फ ४ अर्ब ८१ करोड ८२ लाख, पूँजीगत तर्फ १३ अर्ब ९० करोड ९६ लाख र वित्तीय व्यवस्थापन तर्फ ५ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेको हो।

 




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।