युनाइटेड इन्स्योरेन्सको शेयरमूल्य समायोजन

Jul 30, 2019 11:10 AM Merolagani



युनाइटेड इन्स्योरेन्स (UIC) को साउन १४ गते मंगलबार नेपाल स्टक एक्सचेञ्मा शेयरमुल्य समायोजन भएको छ। इन्स्योरेन्सले जारी गर्न लागेको १० बराबर २४ कित्ता अनुपातको हकप्रद शेयरको बुकक्लोज पश्चात शेयरमूल्य समायोजन भएको हो।

स्टकले इन्स्योरेन्सको २४० प्रतिशत हकप्रदको लागि मूल्य समायोजन गरी प्रतिकित्ता २९९ रुपैयाँ १२ पैसा कायम गरेको हो। मंगलबार समायोजित मूल्यलाई आधार मानेर इन्स्योरेन्सको शेयर कारोबार खुलेको छ ।

कम्पनीले एक सय रूपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको हकप्रदमा साउन १३ गते सोमबारसम्म शेयर खरिद गरी कायम रहने कम्पनीका शेयरधनीहरुले मात्रै कम्पनीको आवेदन गर्न पाउनेछन्।

हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको हकप्रद पश्चात एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।