मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

Jul 30, 2019 12:16 PM Merolagani

मितेरी डेभलपमेन्ट बेंकले गत वर्षको कमाइबाट वितरण गरेको साढे ८ लाख कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

बैंकले आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १७ प्रतिशत अर्थात साढे ८ लाख कित्ता बोनस शेयर वितरण गरेको थियो सोही शेयर साउन १४ गते मंगलबार नेप्सेमा सूचीकृत भएको हो।

बोनस सूचीकृत भएसँगै शेयरधनीले उक्त बोनस दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

बैंकको उक्त बोनस गत चैत १३ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट पारित भएको थियो। सो बोनस साधारण सभाका लागि बुकक्लोजको अघिल्लो दिन अर्थात २०७५ बोनस फागुन १४ गतेसम्म कायम बैंकका शेयरधनीलाई मात्र वितरण हुनेछ।

बोनसपछि बैंकको चुक्ता पूँजी ५८ करोड ५० लाख रुपैयाँ पुगेको छ।

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।