नेपालका लागि एम्प्लिफाई प्लस ब्रान्डको आधिकारिक वितरक ईथ्री इलेक्ट्रोनिक्सले शुक्रबार होटल सोल्टीमा कार्यक्रम आयोजना गरी सो ब्रान्डका टिभी नेपाली बजारमा भित्रिएको घोषणा गरेको हो। नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लसहितको टीमले विभिन्न मोडलका टिभीहरु सार्वजनिक गरिएको हो ।
कार्यक्रममा न्यूनतम मूल्यमा उत्कृष्ठ फिचर र सुविधा रहेको आफ्ना टिभिहरुले पूराना ब्राण्डका टिभीहरुको बजारलाई तोडेर ग्राहक सन्तुष्टिमा पछाडि पार्ने विश्वास रहेको ईथ्री इलेक्ट्रोनिक्सका सञ्चालहरुले बताए।
सार्वजनिक गरिएको टीभिको न्यूनतम १८ हजार ५९९ देखि अधिकतम एक लाख १३ हजार ९९९ रुपियाँसम्म मूल्यका छन्। टेलिभिजनहरुमा तीन बर्षको वारेन्टी र एन्ड्रोइड भर्सन छन् । यी टिभीमा युट्युब, नेटफ्लिक्स, गुगल प्ले, हटस्टार चलाउन सकिने विशेषता छ ।
एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन् । स्क्रिन रिजोल्युसन १३६६×७६८ पिक्सेल भएका यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्युम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् ।
एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फुलएचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभीका चार मोडलहरूमा १ जिबीको ¥याम र ८ जिबीको आन्तरिक स्टोरेज रहेको छ ।
कम्पनीले दशैं–तिहारका लागि लक्षित गरी आफ्ना डिलरहरुलाई सुनौलो बर्षा योजना अन्तर्गतको स्कीममा १० देखि २५ ग्रामसम्म सुन उपहार स्वरुप प्रदान गर्नेछ ।
डिकेएम ग्रुप कम्पनी अन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रियस्तरका टिभी, एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुलएचडी, एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज उपलब्ध गराउँदै आएको छ ।