लक्ष्मी भ्यालु फण्ड १ को इकाईमूल्य समायोजन

Aug 13, 2019 10:53 AM Merolagani



लक्ष्मी भ्यालु फण्ड (LVF1) को मंगलबार नेपाल स्टक एक्सचेञ्जमा इकाईमूल्य समायोजन भएको छ । फण्डले गत आवको मुनाफाबाट इकाईधनीलाई वितरण गरेको नगद लाभांश पश्चात इकाईमूल्य समायोजन भएको हो।

नेप्सेले समायोजन पश्चात लक्ष्मी भ्यालु फण्डको प्रतिइकाई ९ रुपैयाँ ४३ पैसा मूल्य निर्धारण गरेको छ । सोमबार फण्डको इकाई मूल्यमा कारोबार १०  रुपैयाँ ९३ पैसामा कारोबार बन्द भएको थियो।

नेप्सेमा शेयरमूल्यको दश प्रतिशत वा सोभन्दा बढी नगद लाभांश वितरण गर्ने सूचीकृत कम्पनीको शेयरमूल्य समायोजन हुने गरेको छ ।

बजारमूल्यको दश प्रतिशतभन्दा कम लाभांश वितरण गर्नेको हकमा बोनसमा मूल्य समायोजन हुने गरेपनि नगद लाभांशको भने हुने गरेको छैन।

लक्ष्मी भ्यालु फण्ड–१ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणका लागि साउन २८ गते मंगलबार बुकक्लोज गरेको हो। यसअनुसार साउन २७ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीले मात्र फण्डले वितरण गर्ने लाभांश पाउनेछन्।

म्युचुअल फण्ड सञ्चालक समितिको साउन १५ गते सम्पन्न ५३ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को मु्नाफाबाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ ।

लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो। यसका अतिरिक्त कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ।




मादुरो अमेरिकी नियन्त्रणमा परेपछि भेनेजुएलाको शेयर बजारले रेकर्ड तोड्यो

Jan 06, 2026 02:20 PM

विश्व राजनीतिमा निकै विरलै देखिने दृश्य भेनेजुएलाको शेयर बजारमा देखिएको छ। ३ जनवरी २०२६ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय शेयर बजार 'काराकास स्टक एक्सचेन्ज' (Bolsa de Valores de Caracas) मा लगानीकर्ताको उत्साहले नयाँ रेकर्ड कायम गरेको छ।