कसले बेच्यो माछापुच्छ्रे र लक्ष्मी बैंकको ठूलो कित्ता शेयर ?

Aug 13, 2019 04:11 PM Merolagani



माच्छापुछ्रे र लक्ष्मी बैंकको ठूलो कित्ता शेयर कारोबार भएपछि मंगलबार शेयर कारोबार रकम समेत झण्डै आधा अर्ब पुगेको छ । माछापुच्छ्रे बैंकको १२ करोड ९६ लाख र लक्ष्मी बैंकको ८ करोड ६१ लाख गरि साढे २१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

मंगलबार माच्छापुछ्रे बैंकको ५ लाख ७ हजार ७०७ कित्ता शेयर कारोबार भएकोमा ब्रोकर नम्बर ३४ बाट मात्रै ३ लाख ५१ हजार २७० कित्ता कारोबारका लागि २० वटा शेयर म्याचिङ्ग कारोबार भएको छ । उक्त शेयर कुनै ठूलो संस्थापकको कारोबार नभई शेयर लगानीकर्ताले आपसी कारोबार मिलाउनका लागि म्याचिङ्ग भएको उक्त ब्रोकर कम्पनीले जनाएको छ ।

यसैगरि लक्ष्मी बैंकको पनि ४ लाख ३७० कित्ता शेयर कारोबार भएको छ । बैंकको शेयर ब्रोकर नम्बर ४९ बाट मात्रै ३ लाख ७१ हजार ४८२ कित्ता ४ वटा कारोबारबाट शेयर म्याचिङ्ग भएको छ। उक्त ब्रोकर कम्पनीले लगानीकर्ताको आग्रहमा सो कित्ताको शेयर म्याचिङ्ग गरिएको जानकारी दियो।

माच्छापुछ्रे बैंक र लक्ष्मी बैंकको धेरै कारोबार हुँदा मंगलबार ४८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यो साेमबारको तुलनामा करिब १७ करोड रुपैयाँले बढी हो। साेमबार ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार नेप्से २.७८ अंकको सामान्य गिरावट देखिए पनि कारोबार रकम भने सुधार भएकाे छ। माच्छापुछ्रे बैंक र लक्ष्मी बैंकको अधिक कारोबार हुँदा कारोबार रकममा सुधार भएकाे हो। यस दिन १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता शेयर किनबेच भएर ४८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। नेप्से २.७८ अंकले घटेर १२३.०७ विन्दुमा झरेको छ।

मंगलबार माच्छापुछ्रे बैंकको सबै भन्दा धेरै १२ करोड ९६ लाख रुपैयाँ  र लक्ष्मी बैंकको ८ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै मुक्तिथान विकास बैंक, नेपाल बैंक, रसुवागढी हाइड्रोपावर, फष्ट माइक्रोफाइनान्सको एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

मंगलबार कारोबारमा आएको ११ उपसमुह मध्ये म्युचुअल फण्ड मात्रै सकारात्मक देखिए। म्युचुअल फण्डको सूचक ०.०१ प्रतिशतले सकारात्मक देखिएको हाे ।

 

यसदिन होटल समुहको सूचक सबै भन्दा धेरै  २२.५२ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा १९.४, उत्पादन तथा प्रशोधन ७.८१, विकास बैंक ७.२४ र वाणिज्य बैंक समुहको सुचक १.३१ अंकले घटेको छ ।

युनाईटेड मोदी हाइड्रोपावरको शेयरधनीले मंगलबारको कारोबारबाट सबै भन्दा धेरै ७.६२ प्रतिशतले कमाएका छन् । यस्तै वल्र्ड मर्चेन्ट र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

यता मंगलबार  एनएलजी इन्स्योरेन्स शेयरमूल्य सबै भन्दा बढी ३.७२ प्रतिशतले घटेको छ । यस्तै प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त, पाँचथर पावर कम्पनी, ज्योति विकास बैंक, नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावरको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।