कसले बेच्यो माछापुच्छ्रे र लक्ष्मी बैंकको ठूलो कित्ता शेयर ?

Aug 13, 2019 04:11 PM Merolagani



माच्छापुछ्रे र लक्ष्मी बैंकको ठूलो कित्ता शेयर कारोबार भएपछि मंगलबार शेयर कारोबार रकम समेत झण्डै आधा अर्ब पुगेको छ । माछापुच्छ्रे बैंकको १२ करोड ९६ लाख र लक्ष्मी बैंकको ८ करोड ६१ लाख गरि साढे २१ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

मंगलबार माच्छापुछ्रे बैंकको ५ लाख ७ हजार ७०७ कित्ता शेयर कारोबार भएकोमा ब्रोकर नम्बर ३४ बाट मात्रै ३ लाख ५१ हजार २७० कित्ता कारोबारका लागि २० वटा शेयर म्याचिङ्ग कारोबार भएको छ । उक्त शेयर कुनै ठूलो संस्थापकको कारोबार नभई शेयर लगानीकर्ताले आपसी कारोबार मिलाउनका लागि म्याचिङ्ग भएको उक्त ब्रोकर कम्पनीले जनाएको छ ।

यसैगरि लक्ष्मी बैंकको पनि ४ लाख ३७० कित्ता शेयर कारोबार भएको छ । बैंकको शेयर ब्रोकर नम्बर ४९ बाट मात्रै ३ लाख ७१ हजार ४८२ कित्ता ४ वटा कारोबारबाट शेयर म्याचिङ्ग भएको छ। उक्त ब्रोकर कम्पनीले लगानीकर्ताको आग्रहमा सो कित्ताको शेयर म्याचिङ्ग गरिएको जानकारी दियो।

माच्छापुछ्रे बैंक र लक्ष्मी बैंकको धेरै कारोबार हुँदा मंगलबार ४८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। यो साेमबारको तुलनामा करिब १७ करोड रुपैयाँले बढी हो। साेमबार ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार नेप्से २.७८ अंकको सामान्य गिरावट देखिए पनि कारोबार रकम भने सुधार भएकाे छ। माच्छापुछ्रे बैंक र लक्ष्मी बैंकको अधिक कारोबार हुँदा कारोबार रकममा सुधार भएकाे हो। यस दिन १६५ कम्पनीको १८ लाख ९६ हजार ४५४ कित्ता शेयर किनबेच भएर ४८ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। नेप्से २.७८ अंकले घटेर १२३.०७ विन्दुमा झरेको छ।

मंगलबार माच्छापुछ्रे बैंकको सबै भन्दा धेरै १२ करोड ९६ लाख रुपैयाँ  र लक्ष्मी बैंकको ८ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तै मुक्तिथान विकास बैंक, नेपाल बैंक, रसुवागढी हाइड्रोपावर, फष्ट माइक्रोफाइनान्सको एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

मंगलबार कारोबारमा आएको ११ उपसमुह मध्ये म्युचुअल फण्ड मात्रै सकारात्मक देखिए। म्युचुअल फण्डको सूचक ०.०१ प्रतिशतले सकारात्मक देखिएको हाे ।

 

यसदिन होटल समुहको सूचक सबै भन्दा धेरै  २२.५२ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा १९.४, उत्पादन तथा प्रशोधन ७.८१, विकास बैंक ७.२४ र वाणिज्य बैंक समुहको सुचक १.३१ अंकले घटेको छ ।

युनाईटेड मोदी हाइड्रोपावरको शेयरधनीले मंगलबारको कारोबारबाट सबै भन्दा धेरै ७.६२ प्रतिशतले कमाएका छन् । यस्तै वल्र्ड मर्चेन्ट र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।

यता मंगलबार  एनएलजी इन्स्योरेन्स शेयरमूल्य सबै भन्दा बढी ३.७२ प्रतिशतले घटेको छ । यस्तै प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल सेवा लघुवित्त, पाँचथर पावर कम्पनी, ज्योति विकास बैंक, नेशनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावरको शेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।