सूर्या लाइफको हकप्रदमा शेयरमूल्य समायोजन

Aug 14, 2019 12:22 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को साउन २९ गते बुधबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ।

 

कम्पनीले निष्काशन गर्न लागेको ७० प्रतिशत हकप्रदको बुकक्लोज संगै नेपाल स्टक एक्सचेञ्जले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो ।

नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३०६ रुपैयाँ ४७ पैसा कायम गरेको छ ।समायोजित मूल्यलाई आधार मानेर बुधबार कम्पनीको शेयर कारोबार खुलेको छ । 

सूर्या लाइफ इन्स्योरेन्सले आगामी भदौ ८ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दैछ। बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा रहेको यस इन्स्योरेन्सले ८८ करोड ७४ लाखको हकपद बिक्री गर्न लागेको हो।

कम्पनीले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।