सीडीएसको प्रणाली फेरि चलेन, डीपी, शेयर रजिष्ट्रार र ब्रोकरलाई हैरानी

Aug 15, 2019 01:13 PM Merolagani

सीडीएस एण्ड क्लियरिङको प्रणालीमा खराबी आउँदा फेरि काम रोकिएको छ ।

तीन दिनदेखि शेयर राफसाफ र धितो बन्धकको काम ठप्प भएकोमा बिहीबार बिहानबाट प्रणाली चल्न थालेको सीडीएससीका प्रवत्ताले मेरोलगानीलाई बताएका थिए तर कामै गर्न नपाई फेरि प्रणाली अबरुद्ध हुँदा निक्षेप सदस्य, शेयर रजिष्ट्रार, दलाल, बैंक र लगानीकर्ताहरुले सास्ती ब्यहोर्नु परेको छ ।

प्रणालीले काम नगर्दा बैंकबाट प्रबाह हुने शेयर धितो कर्जा समेत रोकिएको छ । 

प्रणालीले काम नगर्दा बुधबार हुनुपर्ने राफसाफको काम अबरुद्ध भयो । प्रणालीले राम्रो काम गरेमा तीन दिनका बक्यौता काम आज हुने अपेक्षा गरिएको थियो तर प्रणालीले फेरि काम नगरेपछि त्यो अबरुद्ध नै छ ।

प्रणालीमा के समस्या आएको हो भन्ने बारेमा सीडीएससीले सार्वजनिक जानकारी गराएको छैन ।

 

 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।