विद्युत बिक्रीको आम्दानी बढेसँगै अपि पावरको खुद नाफा ३४% बढ्यो

Aug 18, 2019 04:38 PM Merolagani



अपि पावर कम्पनी (API) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक करोड ९५ लाख अर्थात् ३३.९३ प्रतिशतले धेरै हो। 

अघिल्लो आवमा कम्पनीले ५ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  विद्युत बिक्री मार्फतको आम्दानी बढेसँगै गत आर्थिक वर्षमा कम्पनीको खुद नाफामा बढोत्तरी देखिएको हो। 

कम्पनीले विद्युत बेचेर १७ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ करोड ९ लाख रुपैयाँ अर्थात् ३९.८३ प्रतिशतले धेरै हो। अघिल्लो आवमा कम्पनीले विद्युत बेचेर १२ करोड ७८ लाख रुपेयाँ आम्दानी गरेको थियो। 

चुक्ता पूँजी एक अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा ३१.६३ प्रतिशतले सुधार गर्दै ८ करोड ६ लाख रुपैयाँ सञ्चित गरेको छ। 

कम्पनीले १ रुपैयाँ ४० पैसाले बढाएर ६ रुपैयाँ ४९ पैसा प्रतिशेयर आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात २२.०२ गुणा छ। 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।