पिपल्स पावरले आईपीओ प्रस्ताव पारित गराउन डाक्यो साधारण सभा

Aug 20, 2019 06:42 PM Merolagani



पिपल्स पावर लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर जारी गर्ने प्रस्ताव सहित भदौ २७ गते कम्पनीको रजिष्ट्रार कार्यालय कमलादीमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ।

पिपुल्स पावरले दोस्रो र तेस्रो दुई आर्थिक वर्षको साधारण सभा एकैदिन आह्वान गरेको हो। कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २७ गते सभा बोलाउने निर्णय गरेको हो।

सभाले कम्पनीले सर्वसाधारणमा प्रथामिक शेयर निष्काशन गर्ने, आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखा परीक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायत प्रस्ताव उपर छलफल गरि पारित गर्नेछ ।

आयोजना निमार्णको दुई वर्षभित्रै निर्माण कार्य सम्पन्न गरी स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्ने लक्ष्य राखेको आयोजनाले साधारण सभाबाट उक्त प्रस्ताव पारित गर्न लागेको हो।

इलाम जिल्लाको इलाम नगरपालिका वार्ड नं.१ साँखेजुङ र वार्ड नं. ४ माइपोखरी भई बग्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण भैरहेको छ।

पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले कम्पनीसँग बर्षायामको ६ महिना प्रतियुनिट  ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा विद्युत खरिद गर्ने सम्झौता छ। 

९० करोड अनुमानित लागतमा आयोजना  निमार्ण थालिएको हो। जसमा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ भने र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी रहनेछ। आयोजनाले विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरी आयोजनाले करिब ३० प्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।