नेप्सेद्धारा वाणिज्य बैंकलाई ब्रोकर इजाजत प्रक्रिया स्थगित

Aug 21, 2019 10:35 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जले वाणिज्य बैंकको सहायक कम्पनीलाई तत्कालका लागि धितोपत्र व्यवसायी इजाजत अनुमति (ब्रोकर इजाजत) वितरण गर्ने प्रक्रिया स्थगित गरेको छ। संघीय संसदको अर्थसमितिले नेप्सेलाई पठाएको पत्रका आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेले जनाएको छ ।

नेप्से सञ्चालक समितिको भदौ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले प्रतिनिधि सभाको अर्थ समितिको पत्र अनुसार सो प्रकृया स्थगित राख्ने निर्णय गरेको हो। यससँगै वाणिज्य बैंकको सहायक कम्पनीलाई धितोपत्र व्यवसायी इजाजत अनुमति शेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ।

संघीय संसदको अर्थ समितिले वाणिज्य बैंकको सहायक कम्पनीलाई इजाजत दिनुभन्दा पहिला अनुसन्धानका लागि भन्दै साउन २९ गते साँसद रामकुमारी झाँक्रीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो। समितिका सदस्यहरुमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबुकुमार यादव र हेमकुमार राई छन् । अध्ययनका लागि उपसमितिलाई दुई महिनाको समयमावधि दिईएको छ ।

सो समयावधिमा वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर इजाजत प्रदान गर्दा हुन सक्ने सम्भावित भित्री कारोबार (इन्साइडर ट्रेडिङ्ग), भित्री कारोबार नियन्त्रण, र लाइसेन्स दिँदा र नदिँदाको विविध पक्षबारे अध्ययन अनुसन्धान गरि सुझाव पेश गर्नेछ। उपसमितिले निकालेको निष्कर्षका आधारमा वाणिज्य बैंकको सहायक कम्पनीले ब्रोकर इजाजत पाउँछन् कि पाउँदैनन् भन्ने विषयको टुङ्गो लाग्नेछ ।

ब्रोकर लाइसेन्सका लागि करिब एक दर्जन बैंकका सहायक कम्पनीले नेप्सेमा आवेदन दिइसकेका छन् ।

धितोपत्र बोर्डले साउन दोस्रो साता पूँजी बजार र मुद्रा बजारसम्बन्धी उपसमितिको सुझाव अनुसार वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर इजाजत दिन निर्देशन दिएपछि नेप्सेले आवेदन माग गरेको थियो। अर्थ समितिको निर्देशनसँगै सो प्रकृया अबरुद्ध बनेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बाटो खुला गरेपछि डेढ दर्जन बढी वाणिज्य बैंकले सहायक कम्पनी खोलेर ब्रोकर सेवा प्रदान गर्न नेपाल राष्ट्र बैकबाट अनुमति पाइसकेका छन्।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।