भदौ ११ गतेदेखि खुल्दैछ आईपीओ मूल्यमा लिलामी शेयर उठाउने अवसर

Aug 21, 2019 11:20 AM Merolagani



शेयर बजारका लगानीकर्तालाई भदौ ११ गतेदेखि आईपीओको मूल्यमा लिलामीको शेयर उठाउने अवसर खुला हुने भएको छ। धितोपत्रको दोस्रो बजारमा ९४ रुपैयाँमा कारोबार भैरहेको बेष्ट फाइनान्स (BFC) ले हकप्रदमा अवितरित ८ लाख २ हजार २२४ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो।

फाइनान्सले संस्थापकतर्फ ५ लाख ५७ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारणतर्फ २ लाख ४४ हजार ५४९ दशमलव ९० कित्ता शेयर बिक्रीमा ल्याउने भएको हो। 

बेष्टमा गाभिएको साबिकको सिनर्जीले जारी गरेको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रदमा अवितरित शेयर ८ लाख ५ हजार कित्ता शेयर यसअघि गत पुस ११ देखि माघ १० गतेसम्म लिलामी बिक्रीमा ल्याइएपनि सबै शेयर बिक्री नभएपछि फेरि लिलामीमा ल्याइएको हो।

इच्छुक लगानीकर्ताले सर्वसाधारण शेयरका लागि न्यूनतम १०० कित्ता र संस्थापक न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी लिलामीमा ल्याइएको सम्पूर्ण कित्ताका बोलपत्र पेश गर्न सक्नेछन् । न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धि मूल्यमा बोलपश पेश गर्न सकिनेछ । सबैभन्दा उच्च मूल्यमा बोलपत्र पेश गर्ने लगानीकर्तालाई प्राथमितामा राखेर उक्त शेयर बाँडफाँड हुनेछ ।

हकप्रदमा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, बेष्ट फाइनान्सको सबै शाखा कार्यालयहरु र प्रभु बैंकको तोकिएको शाखा कार्यालयहरु मार्फत भदौ २५ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

भदौ ३ गते मंगलबार  धितोपत्रको दोस्रो बजारमा ९४ रुपैयाँमा कारोबार भैरहेको बेष्ट फाइनान्सले हकप्रदमा अवितरित कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।