नेपाल बङ्गलादेश बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

Sep 04, 2019 01:44 PM Merolagani



नेपाल बङ्गलादेश बैंक (NBB) को दुई अर्ब रुपैयाँको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र भदौ १८ गते बुधबार सूचीकृत गरेको हो। 

आफ्नो पूँजी कोष बलियो बनाउन बैंकले गत जेठ १० देखि असार ८ गतेसम्म २ अर्ब रुपैयाँको “एनबिबि डिबेञ्चर २०८५” बिक्री गरेको थियो। सोही ऋणपत्र बुधबार नेप्सेमा सूचीकृत भएको हो। बैंकले उक्त ऋणपत्र असार १९ गते बिहीबार बाँडफाँड गरेको थियो।

दीर्घकालीन लगानी स्रोत जुटाउन बिक्री गरिएको उक्त दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन् भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ।

ऋणपत्र सूचीकरण पश्चात लगानीकर्ताले दोस्रो बजारमा खरिद बिक्री गनुका साथै धितो राखेर ऋण समेत लिन सक्नेछन्।

 




मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने

Sep 07, 2026 10:02 AM

मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।