एटीएम नचलेर भारतमा समस्या परे ९८५१२१०९१९ मा सम्पर्क गर्न राष्ट्र बैंकको अनुरोध

Sep 11, 2019 12:07 PM Merolagani



भारतमा एटीएम कार्ड नचलेर समस्या भएका नेपाली नागरिकलाई राष्ट्र बैंकले सहयोग गर्ने भएको छ। चिनियाँ ह्याकरले एटिएम प्रणाली ह्याक गरेपछि कार्डबाट हुने भुक्तानी सेवा भारतमा अबरुद्ध छ।

एटीएमबाट पैसा निकाल्न समस्या परे ९८५१२१०९१९ मा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । यो नम्वर प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाको हो। यो नम्बरमा नेपालमा रहेका परिवारले सम्पर्क गरेमा उनीहरुलाई २४ घण्टाभित्र भुक्तानी सेवा उपलब्ध हुने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

तर, यो सेवा तीन दिनपछि शुरु हुनेछ ।

औषधि उपचारका लागि धेरै नेपालीहरु भारत जाने गर्दछन्, उनीहरुको समस्या ध्यान दिँदै राष्ट्र बैंकले केही समयका लागि यो व्यवस्था गरेको हो।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।