नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश पारित

Sep 17, 2019 10:49 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित भएको छ । भदौँ ३० गते सोमबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले २३.१६ प्रतिशत लाभांश पारित गरेको हो ।

कोषले २२ प्रतिशत अर्थात २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत अर्थात एक करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गरेको छ । बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।