नागरिक लगानी कोषको २३.१६ प्रतिशत लाभांश पारित

Sep 17, 2019 10:49 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले अघिल्लो आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको लाभांश पारित भएको छ । भदौँ ३० गते सोमबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले २३.१६ प्रतिशत लाभांश पारित गरेको हो ।

कोषले २२ प्रतिशत अर्थात २४ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत अर्थात एक करोड २७ लाख रुपैयाँ बराबरको नगद लाभांश स्वीकृत गरेको छ । बोनस वितरण पश्चात् कोषको चुक्ता पूँजी एक अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै सभाले लेखापरीक्षको प्रतिवेदन सहितको २०७५ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।