मर्जर प्राप्तीको मुख्य एजेण्डा पारित गर्दै सकियो एभरेष्ट इन्स्योरेन्सको २४ औं साधारण सभा

Sep 18, 2019 06:02 PM Merolagani



एभरेष्ट इन्स्योरेन्स कम्पनीको बुधबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले एभरेष्ट इन्स्योरेन्स उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिँदै समापन भएको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाको सभापतित्वमा अग्रवाल भवन, कमलपोखरीमा असोज १ गते सम्पन्न साधारण सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ। 

यसैगरि सभामा प्रस्तुत अन्य सामान्य तथा विशेष प्रस्ताव समेत सर्वसम्मतीले पारित गर्यो।

कम्पनीको २४ औ वार्षिक साधारण सभामा कम्पनी अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।