मर्जर प्राप्तीको मुख्य एजेण्डा पारित गर्दै सकियो एभरेष्ट इन्स्योरेन्सको २४ औं साधारण सभा

Sep 18, 2019 06:02 PM Merolagani



एभरेष्ट इन्स्योरेन्स कम्पनीको बुधबार सम्पन्न २४ औं वार्षिक साधारण सभाले एभरेष्ट इन्स्योरेन्स उपयुक्त निर्जीवन बीमा कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिँदै समापन भएको छ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाको सभापतित्वमा अग्रवाल भवन, कमलपोखरीमा असोज १ गते सम्पन्न साधारण सभाले कम्पनीले लगानीका क्षेत्र थप गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ। 

यसैगरि सभामा प्रस्तुत अन्य सामान्य तथा विशेष प्रस्ताव समेत सर्वसम्मतीले पारित गर्यो।

कम्पनीको २४ औ वार्षिक साधारण सभामा कम्पनी अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राखेका थिए।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।