वोमी लघुवित्तको सवा लाख कित्ता शेयर लिलामीमा, कतिमा गर्ने आवेदन ?

Sep 23, 2019 09:56 AM Merolagani



वोमी लघुवित्त वित्तीय संस्था (WOMI) ले असोज ६ गते सोमबारदेखि एक लाख २३ हजार २१३ कित्ता शेयर लिलामीमा ल्याएको छ। लघुवित्तको हकप्रदमा नबिकेको संस्थापक तर्फको ७६ हजार ७०३.८० कित्ता र सर्वसाधारण तर्फको ४६ हजार ५०९.२० कित्ता शेयर लिलामीमा ल्याएको हो।

हकप्रदमा लिलामीमा सिद्धार्थ क्यापिटल, नारायनचौर, नक्साल काठमाडौं, वोमी लघुवित्तको केन्द्रिय कार्यालय भरतपुर चितवन, सिद्धार्थ बैंकको शाखा कार्यालयहरु विराटनगर, विर्तामोड, बीरगञ्ज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घाराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिने व्यवस्था छ ।

लिलामी शेयरमा न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य तोकी असोज ६ गते देखि १३ गतेसम्मबोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्र पेश गर्दा संस्थापक र सर्वसाधारण दुबै समुहतर्फको लागि न्यूनतम १०० कित्ता वा त्यस भन्दा बढी १० अंकले भाग जाने सख्यामा आवेदन गर्न सकिन्छ। अधिकतम सबै कित्ता शेयरको लागि बोलपत्र पेश गर्न सकिन्छ ।

लिलामी हकप्रद बिक्री पश्चात वोमीको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ कायम हुनेछ। लघुवित्तले गत साउन ९ गते देखि भदौ ११ गते सम्म १० लाख १० हजार ८८० कित्ता हकप्रद बिक्रीमा ल्याएको थियो ।

नागरिक लघुवित्तसँगको मर्जर प्रकृयालाई अन्तिम रुप दिन कम्पनीले असोज २ गते विशेष साधारण सभा सम्पन्न गरि मर्जर प्रस्ताव पारित गरिसकेको छ।

मर्जर प्रकृयामा रहेकाले हाल कम्पनीको शेयर कारोबार रोक्का छ। कारोबार रोक्का हुँदा वोमी लघुवित्तको एक हजार ११६ रुपैयाँमा शेयर कारोबार बन्द भएपनि पछिल्लो समय शेयर बजारमा देखिएको गिरावटलाई आधार मानेर लिलामीमा आवेदन गरेको खण्डमा मात्रै आवेदकलाई फाइदा हुन्छ। तर कारोबार रोक्का रहेको मूल्यलाई आधार मान्दा भने उल्टो घाटा समेत लाग्नसक्ने अवस्थालाई विचार पुर्याएर बोलपत्र पेश गर्न आवश्यक देखिन्छ।

वोमी लघुवित्तले गत आर्थिक वर्षमा ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएर ६२ रुपैयाँ ८ पैसा प्रतिशेयर आम्दनी कायम गरेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।