सानिमा बैंकले लाभांश वितरण गर्न दशैंपछि बोलायो साधारणसभा, मर्जरमा पनि इच्छुक

Sep 23, 2019 11:50 AM merolagani



सानिमा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को लाभांश वितरण गर्न पन्ध्रौ वार्षिक साधारणसभा आब्हान गरेको छ । बैंकले असोज २९ गते बुधबार बिहान ११ बजे नक्साल ब्यांकेट, नारायणचौर, नक्सालमा साधारणसभा बोलाएको हो।

साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ११.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ। 

बोनस वितरणपश्चात बैंकको पूँजी बृद्धि हुने भएकाले सोही  अनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत सभामा लैजादै छ ।

हाल ८ अर्ब १२ लाख चुक्ता पूँजी रहेको बैंकको ८० करोड १ लाख रुपैयाँको बोनस वितरणपश्चात चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरी बैंकले  कुनै बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभ्न तथा मर्जर प्रकृयाको लागि सहमति वा सम्झौता गर्न तथा मर्जर सम्बन्धि सम्पुर्ण प्रकृयाको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

लाभांश वितरण गर्न तथा साधारणसभा प्रयाेजनको लागि बैंकले असोज १३ गते १ दिनको लागि बुकक्लोज गर्ने भएकाले असोज १२ गतेसम्म कायम भएका शेयरधनीहरुलेमात्र बैंकले वितरण गर्ने लाभांश  पाउने छन्।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।