शेयर शिक्षाः हितग्राही (डिम्याट) खाता भनेको के हो ?

Oct 09, 2019 05:30 AM Merolagani

डिम्याट खाता बैंक तथा वित्तीय संस्थामा रकम बचत गर्ने खाता जस्तै एक प्रकारको धितोपत्र (शेयर) जम्मा गर्ने  खाता हो। जसमा कागजी रुपमा भएको शेयरलाई अभौतिक (डिजिटलाइज्ड) रुपमा सञ्चिति गर्ने गरिन्छ। 

धितोपत्र तथा शेयर अभौतिकीकरण गर्नुलाई डिम्याट अथवा हितग्राही खाता भनिन्छ। डिम्याट खाता धितोपत्र बोर्डबाट मान्यता प्राप्त निक्षेप सदस्यहरुबाट खोल्न सकिन्छ। नेपालमा बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनीहरुले निक्षेप सदस्यको अनुमति प्राप्त गरेका छन् । 

डिम्याट खाता खोल्न नागरिकताको प्रतिलिपि, दुई वटा फोटो तथा आफ्नो व्यक्तिगत विवरण सहितको फाराम निक्षेप सदस्यलाई बुझाउनुपर्ने हुन्छ। उक्त विवरण निक्षेप सदस्यले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रणालीमा पठाउँछन्।

सिडिएस एण्ड क्लियरिङ्गले सम्पूर्ण विवरण स्वीकृत गरी १६ अंकको डिम्याट खाता नम्बर दिएपछि डिम्याट खाता सञ्चालन हुन्छ। डिम्याट खाता खोल्दा निक्षेप सदस्य (डिपि) ले ग्राहकलाई चेक बुक अथवा डिपोजिट इन्स्ट्रक्सन स्लिप दिन्छ ।

डिम्याट खाता खोलेपछि कुनै पनि कम्पनीको शेयर सिधै खातामा जम्मा हुन्छ। कम्पनीको प्रथामिक शेयर (आईपिओ) तथा कम्पनीहरुले वितरण गर्ने बोनस शेयर सिधै डिम्याट खातामा जम्मा हुन्छ ।

डिम्याट खाता बच्चा देखि वृद्ध अवस्थाका सबै ब्यक्तिको नाममा खोल्न सकिन्छ। बच्चाको नामबाट डिम्याट खाता खोल्न बच्चाको फोटो, जन्मदर्ता प्रमाणपत्रको फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी आवश्यक हुन्छ। वयस्कको हकमा भने नागरिकताको प्रतिलिपि र फोटो आवश्यक हुन्छ। डिम्याट खाता खोल्न सुरुमा ५० रुपैयाँ र त्यसपछि हरेक वर्ष एक सय रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने हुन्छ।

एकजना व्यक्तिले दुई वटासम्म डिम्याट खाता सञ्चालन गर्न सक्नेछन् । यद्यपि एक जनाले एउटा मात्र खाता राख्नु राम्रो हन्छ। दुईवटा खाता भएका लगानीकर्तालाई शेयर कारोबार गर्दा कुन खातामा कुन कम्पनीको शेयर जम्मा भएको छ भन्ने थाहा नहुन सक्छ। जसले गर्दा शेयर कारोबार प्रकृयामा झन्झटिलो हुन जान्छ।

कुनै पनि कम्पनीको भौतक शेयरलाई डिम्याट खातामा जम्मा गर्दा प्रमाणपत्र हराउने, नष्ट हुने जस्ता अन्य खतराहरु रहँदैनन्। डिम्याट खाताले शेयर कारोबारमा समेत सहज बनाउँछ। खरिद गरेको शेयर सिधै खातामा जम्मा हुन्छ भने बिक्री गरेको शेयर पनि आफै कटौती हुन्छ। जसले गर्दा शेयर प्रमाण पत्र भुक्तानी गर्न लाग्ने समयको पनि बचत हुन्छ।

नेपालमा अहिले कागज बिहीन शेयर कारोबार सुरु भईसकेको छ। डिम्याट खाता नहुनेहरुले प्रथामिक अथवा दोस्रो बजारमा शेयर कारोबार गर्न सक्नेछैनन्। त्यसैले शेयर कारोबार गर्न इच्छुक लगानीकर्ताले शेयर कारोबार प्रकृयाको पहिलो चरणमा डिम्याट खाता अनिवार्य रुपमा खोल्नैपर्ने हुन्छ। त्यसपछि मात्र शेयर कारोबार प्रक्रिया अगाडि बढाउन सकिन्छ।

डिम्याट खाता सञ्चालन गर्न एक वर्षमा एक सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने मेरो शेयर समेत सञ्चालन गर्न चाहनेले थप ५० रुपैयाँ निक्षेप सदस्यलाई बुझाउनुपर्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।