दशैं लगतै १५ वटा कम्पनीले गर्दैछन् साधारण सभा

Oct 06, 2019 10:36 AM Sudha Devkota



नेपालीहरुको महान चाड दशैं तथा तिहार सकिए लगत्तै १५ वटा कम्पनीले वार्षिक साधारण सभा गर्ने भएका छन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्ष २०७५/०७६ को साधारण सभा गर्न लागेका हुन् ।

दशैं पछि वार्षिक साधारण सभा आह्वान गर्ने कम्पनीहरुमा पाँच वाणिज्य बैंक, दुई लघुवित्त, तीन मर्चेन्ट बैंक, युनिलिभर नेपाल र शिवम सिमेन्टस् सहित अन्य तीन कम्पनी रहेका छन् । 

वाणिज्य बैंकहरुमा माछापुच्छ्रे  बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिद्धार्थ बैंक र सनराइज बैंकले गत आर्थिक वर्षको साधारण सभा बोलाएका हुन् । उक्त कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने प्रस्ताव सहित प्रस्तावित बोनस तथा नगद लाभांश पारित गर्ने तयारी गरेका छन्।

माछापुच्छ्रे  बैंकले असोज २४ गते ५ प्रतिशत बोनस शेयर तथा ११ प्रतिशत नगद लाभांश पनरित गर्दैछ। सानिमा बैंकले असोज २९ गते १० प्रतिशत बोनस शेयर तथा ११.०५ प्रतिशत नगद लाभांश अनुमोदन गर्ने भएको छ ।

बैंक अफ काठमाण्डूले असोज ३० गते ६ प्रतिशत बोनस शेयर तथा ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्दैछ। यस्तै सिद्धार्थ बैंकले १० प्रतिशत बोनस शेयर तथा १५.२६ प्रतिशत नगद लाभांश पारित गर्न कार्तिक ७ गते साधारण सभा आह्वान गरेको छ । सनराइज बैंकले १० प्रतिशत बोनस शेयर तथा ५.८० प्रतिशत नगद लाभांश अनुमोदनका लागि कार्तिक १५ गते साधारण सभा बोलाएको छ।

यसैगरी आशा लघुवित्तले मंसिर ७ गते १२ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश र फस्र्ट माइक्रोफाइनान्सले असोज २८ गते १७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश अनुमोदन गर्न साधारण सभा आह्वान गरेको छ।

उता युनिलिभर नेपालले आफ्ना शेयरधनीलाई ७७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक ७ गते नै २६ औं वार्षिक साधारण सभा बोलाएको छ भने शिवम सिमेन्टस्ले १५.७८ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्न कात्तिक ८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी तीन वटा मर्चेन्ट बैंकिङ्गहरुले पनि दशैं तिहार लगत्तै साधारण सभा बोलाएका छन् । सिद्धार्थ क्यापिटल, लक्ष्मी क्यापिटल र आर्कस क्यापिटल एडभाइजर्सले गत आर्थिक वर्षको साधारण सभा डाकेका छन् ।

सिद्धार्थ क्यापिटलले मंसिर १ गते हुने साधारण सभाबाट २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गदाउँदै छ भने लक्ष्मी र आर्कस क्यापिटलले साधारण सभाबाट वार्षिक प्रतिवेदन पारित गराउने भएका हुन् ।

त्यसैगरी, श्रीकृष्ण सेक्युरिटिजले पनि १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा बोलाएको छ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट र सयपत्री हाइड्रोपावरले साधारण एजेन्डा सहित साधारण सभा बोलाएका छन् ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।