मल्टीपर्पस फाइनान्सको २५ लाख कित्ता हकप्रद लिलामी खुल्यो

Oct 17, 2019 11:15 AM Merolagani



मल्टीपर्पस फाइनान्स (MPFL) ले हकप्रदमा बिक्री नभएका झण्डै २५ लाख कित्ता शेयर असोज ३० गते बिहीबारदेखि लिलामी बिक्रीमा ल्याएको छ। फाइनान्सले बिक्रीमा ल्याएको ८६५ प्रतिशत हकप्रद शेयरमा २४ लाख ८७ हजार २७८ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर लिलामी बिक्रीमा ल्याएको हो। 

फाइनान्सले असार २३ देखि भदौ ९ गतेसम्म एक कित्ता बराबर ८.६५ कित्ता अनुपातमा कुल ३५ लाख ८५ हजार २६४ कित्ता बिक्री खुला गरेको थियो। सो हकप्रदमा संस्थापक तर्फको १८ लाख ६० हजार ७२१ कित्ता र सर्वसाधारण तर्फको ६ लाख २६ हजार ५५७ कित्ता शेयर अवितरित भएपछि लिलामीमा ल्याइएको हो।

इच्छुक लगानीकर्ताले लिलामी शेयरमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी कात्तिक ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम एक हजार कित्ता र सर्वसाधारण समुहको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि माग गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटले जनाएको छ ।

लिलामी शेयरमा सिभिल क्यापिटल मार्केट सुन्धारा, मल्टीपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज सप्तरी, सिभिल बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, बिरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, तथा घाराहीबाट गोप्य शिलबन्दी बोपलत्र पेश गर्न सकिनेछ।

साथै सेञ्चुरी बैंकको शाखा कार्यालयहरु बाग्लुङ तथा महेन्द्रनगरबाट पनि आवेदन बुझाउन सकिने छ।

फाइनान्सको शेयर असोज २९ गते बुधबार अन्तिम पटक प्रतिकित्ता ९८ रुपैयाँमा कारोबार भएको छ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।