मेगा बैंकले बोलायो साधारण सभा, लाभांश अनुमोदन र मर्जर मुख्य एजेण्डा

Oct 18, 2019 11:01 AM Merolagani



मेगा बैंक (MEGA) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ११.७५ प्रतिशत लाभांश पारित गर्न नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले कात्तिक २९ गते शुक्रबार बिहान ११ः३० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा साधारण सभा बोलाएको हो ।

सभामा बैंकले ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादैँछ। बैंकले गत वर्षको कमाईबाट १ अर्ब २२ करोड ६ लाख ६३ हजार २० रुपैयाँ नगद वितरण गर्न लागेको हो ।

यसैगरी बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव सभामा लैजादै छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १५ बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार, कात्तिक १४ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको लाभांश र साधारण सभामा भाग दिन पाउनेछन्। 

मेगा बैंकले असोज ८ गते बुधबार गण्डकी विकास बैंकलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर गरेको हो। 




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।