एनएमबि लघुवित्तको वित्तीय विवरण सार्वजनिक, यस्तो छ प्रगति

Oct 21, 2019 09:27 AM Merolagani



एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो आवको यसै अवधिको तुलनामा एक करोड ४२ लाख रुपैयाँले धेरै हो।

अघिल्लो आवको यसै अवधिमा लघुवित्तले १० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो। अघिल्लो आवमा खराब कर्जा नोक्सानी वापत रकम व्यवस्थापन गर्दा लघुवित्तको खुद नाफा उल्लेखनीय रुपमा घटेको थियो। 

चालु आवको पहिलो तीन महिनामा लघुवित्तले कर्मचारी खर्च र अन्य सञ्चालन खर्च वृद्धिलाई नियन्त्रणमा राख्दै खराब कर्जा अनुपात घटाउँदा लघुवित्तको खुद नाफामा आकर्षक सुधार देखिएको हो।

असोज मसान्तसम्म लघुवित्तले एक अर्ब १८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट २ अर्ब १९ करोड ९१ लाख रुपैयाँ सापटी लिएको छ। यसबाट लघुवित्तले ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।  जसबाट लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ९९ लाख रुपैयाँ आर्जन भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १ करोड ५८ लाख रुपैयाँ धेरै हो।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै जगेडा कोषमा १६ करोड २६ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा रहेको छ ।

यस अवधिमा माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.७२ बाट झरेर २.२७ प्रतिशतमा सुधार हुँदा कर्जा नोक्सानी ३१ लाख २८ हजार गरेको छ । अघिल्लो आवको प्रथम त्रैमासमा लघुवित्तले एक करोड २९ लाख कर्जा नोक्सानी वापत व्यवस्था गरेको थियो।

लघुवित्तको मूल्य आम्दानी अनुपात २८.५४ गुणा बढी छ।

लघुवित्तले १० बराबर १५ कित्ता अनुपातमा हकप्रद जारी गरेर पूँजी वृद्धि गर्न १६ करोड २० लाख ६ हजार २५० रुपैयाँ चुक्ता पूँजीबाट २४ करोड ३० लाख ९ हजार ३७५ रुपैयाँ बराबरको हकप्रद जारी गर्दैछ। जसका लागि लघुवित्तले कात्र्तिक ७ गते बुकक्लोज मिति तोकेको छ । हकप्रद पश्चात लघुवित्तको ४० करोड ५० लाख १५ हजार ६२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।